
प्रधानमन्त्रीज्यू दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली
एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।
एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’ शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले सो प्रश्न गरेका हुन् ।
देउवा सरकारको १०० दिनको अवसरमा प्रकाशित पुस्तकमा पनि ‘चुच्चे नक्सा नभई बुच्चे नक्सा राखेको र अहिले दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आरोप छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ