रुसले खराब समयमा साथ दियो, अब हामी उसको समर्थनमा छौँ : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना
रुसविरुद्ध संयुक्त राष्ट्रको प्रस्तावमा भोटिङ नगरेको विषयमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले संसदमा स्पष्टिकरण दिएकी छिन् ।
उनले यसबारे कुरा गर्दै भनिन्, ‘बंगलादेशले यो प्रस्तावमाथि मतदान यसकारण गरेन किनभने यो एउटा देशविरुद्ध मात्रै थिएन ।’
प्रधानमन्त्री शेख हसिनाले यतिबेला बंगलादेश र रुसको मैत्रीपूर्ण सम्बन्धबारे पनि कुरा गरिन् । उनले भनिन्, ‘ सन् १९७१ को स्वतन्त्रता संग्राममा अमेरिकाको सातौं फ्लीट बंगालको खाडीतर्फ पठाइएका बेला रुस हाम्रो साथमा थियो ।’
शेख हसिनाले भनिन्, ‘रुस हामीसँग खराब समयमा हामीसँग रह्यो र हामी पनि उनीहरुको साथमा छौँ । तर यदि कसैले अन्याय गर्छ भने हामी यो स्वीकार गर्न सक्दैनौँ ।’
संसदमा शेख हसिनाले भनिन्, ‘संयुक्त राष्ट्र संघमा पहिलो प्रस्ताव पेश हुँदा बंगलादेशले न मानवाधिकारको मुद्दा उठाएको देख्यो न युद्ध रोक्ने पहल न नै अन्य कुनै ठूलो मुद्दाको उल्लेख गरिएको थियो । यो प्रस्ताव मात्र एउटा देश – रुसविरुद्ध भोट गर्नका लागि थियो ।’
उनले भनिन्, ‘यहि देखेर मैले भोट नगर्ने निर्णय गरेँ ।’
Sheikh Hasina explaining and elaborating on Bangladesh's stand on #RussiaUkraineConflict. She doesn't forget to remind all of Russia's role in keeping US's 7th Fleet out of Bay of Bengal during '71. Biggest irony? India+ Bangladesh & Pakistan are on the same side. pic.twitter.com/276zVr2SE4
— Rahul Mukherji (@RahulMukherji5) April 2, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त