ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, ८६ प्रतिशतको हात खालि
ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म जारी गरेको कूल २८ लाख ७५ हजार कित्ता सेयर बराबरको आईपीओ आइतबार बाँडफाँड भएको हो ।
गोलाप्रथामार्फत भएको आईपीओ बाँडफाँटमा २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २१ लाख ६ हजार ५१६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको हो ।
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा जारी गरिएको थियो ।
कम्पनीको आईपीओ निष्कासन तथा व्यवस्थापनमा लक्ष्मी क्यापिटल रहेको छ । सेयर नतिजा कम्पनीको आधिकारिक वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसो कालीगण्डकीमा र्याफ्टिङ सञ्चालन
-
१२ बजे १२ समाचार : काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रवि रिहादेखि वकिलमाथि कार्यकर्ताको आक्रमण प्रयाससम्म
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा