कथा दिवसमा मैनालीको सम्झना
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले ४१औँ कथा दिवसको उपलक्ष्यमा आधुनिक कथाको सुरुवातकर्ता गुरुप्रसाद मैनालीप्रति स्मरण गरेको छ । थाहा पुस्तकालय मीनभवनमा आयोजित उक्त कार्यक्रममा कथाकार मैनालीका कथा लेखनको चर्चा गर्दै विभिन्न सर्जकले लघुकथा वाचनसमेत गरेका थिए । साहित्यिक पत्रकार सङ्घले २०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको छ ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य माया ठकुरीले प्रत्येक व्यक्तिले आफू उभिएको स्थान र सहयोग गर्नेहरूलाई बिर्सन नहुने बताइन् । सो कार्यक्रममा कथाकारहरू हिरण्यकुमारी पाठक, मधुवन पौडेल, राधा कार्की, निर्मल पराजुली, मौनता थापा र श्रीराम राईले लघुकथा वाचन गरेका थिए । कार्यक्रमको दोस्रो चरणमा गुरुप्रसाद मैनाली र नेपाली कथासाहित्यबारे भएको परिचर्चा भएको थियो ।
सो क्रममा समालोचक प्रमोद प्रधानले मैनाली नेपाली कथासाहित्यमा विषयवस्तु, संरचना, शैली, भाषा सबै दृष्टिले नेपाली कथाका पहिलो आधुनिक र महत्त्वपूर्ण कथाकार भएको बताए । यसैगरी साहित्यकार गोविन्द गिरी प्रेरणाले मैनालीका कथामा समाजको फैलावट र गहिराइ दुवै पाइने उल्लेख गरे ।
कथाकार बाबा बस्नेतले मैनालीका कथाका नारी पात्रहरूमा विद्रोह चेतना नभएर पलायन प्रवृत्ति रहेको बताइन् भने समालोचक उपमा आचार्यले मैनालीका कथाहरू नेपाली साहित्यका मानक कथा भएको धारणा व्यक्त गरे ।
संवाद कार्यक्रमका सहजकर्ता साहित्यकार डा. दामोदर पुडासैनी किशोरले मैनालीको योगदानलाई कसैले पनि बिर्सन नहुने बताए । सो कार्यक्रममा साहित्यकार मीना शाक्यलाई सम्मानसमेत गरियो ।
मुरारी सिग्देलले सञ्चालन गरेको उक्त कार्यक्रममा थाहा पुस्तकालयका उपाध्यक्ष शिव अधिकारी, स्व. मैनालीको कान्छी बुहारी भारती मैनाली, विमल भौकाजी, डा. सृजना शर्मा, उषा केसी, कमला शाक्य, पारु तिमिल्सिना, मुना बोहरा, मधुसूदनप्रसाद घिमिरे, हेमा शर्मा लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा