शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुष यौनकर्मीको पीडा : महिलाले ममाथि बलात्कार गरे तर मैले ‘चुँक्क’ गर्न सकिनँ

आइतबार, २० चैत २०७८, १२ : २०
आइतबार, २० चैत २०७८

म जिगोलो अर्थात् पुरुष यौनकर्मी हुँ । यदि तपाईंले ‘बिए पास’ फिल्म हेर्नुभएको छ भने सायद तपाईंले मेरो पीडा बुझ्न सक्नुहुन्छ होला । म पनि बाध्यतावश यौन कर्मको अँध्यारो गल्लीको हिस्सा बनेँ । जतिबेला निस्कन चाहेँ, चिप्लिएर त्यहि पुगेँ । साँच्चै भन्ने हो भने पुरुष यौनकर्मीको दुनियाँ महिला यौनकर्मीको भन्दा भिन्न छ । महिला यौनकर्मीसँग हुने अन्यायबारे हामी सबै कुरा गर्छौँ तर कहिले कहिले सोच्नुभएको छ ? पुरुष यौनकर्मीमाथि त पुरुषले पनि बलात्कार गर्छन् र महिलाले पनि । हामी बोल्न पनि सक्दैनौँ । हाम्रो कुरामा कसले विश्वास गर्ने....

मेरो नाम अवधेश शर्मा हो र म राजस्थानको एक मध्यम वर्गीय परिवारको हुँ । चार दिदी दाइमध्ये सबैभन्दा कान्छो हुँ त्यसैले मैले आफ्नो कुरा मनाउन सक्थेँ । मलाई सनी देओल असाध्यै मनपर्दथ्यो । दिमागमा कतै थियो – मुम्बई गएर सनी देओल बन्नु छ । ग्रेजुएशन गरेपछि एकजना साथीलाई विश्वास गरेर मुम्बई आएँ । उनीसँग विगत १० वर्षदेखि मेरो दोस्ती थियो । रातीको समय थियो । म बान्द्रा स्टेशनमा ओर्लिएँ र उनको घर मलाड जानका लागि अटो लिएँ । घर पुगेपछि उनले मेरो निकै राम्रोसँग स्वागत गरे । त्यसपछि उनले मलाई सोधे, ‘भाइ, अब कता बस्छौ ?’ त्यसपछि मेरो होस उड्यो ।

मैले उनलाई ‘यार, तिम्रै विश्वासमा त म यहाँ आएको हुँ ।’ त्यसपछि उनले भने, ‘यो मुम्बई हो मेरी जान, यहाँ कसैले पनि कसैलाई राख्दैन । ’ रात परिसकेको थियो, मुम्बई मेरो लागि नयाँ थियो । पूरा रात मैले उनको घर नजिकैको एउटा पार्कमा बसेर बिताएँ ।

भोलिपल्ट बिहान एउटा केटाले मलाई ‘सामान लिएर यहाँ किन बसेको छौ ?’ भनेर सोधे । मैले उनलाई पूरा कहानी बताएँ । त्यसपछि उनले मलाई ‘तिमी मसँग केही दिन बस्न सक्छौ’ भने । तर यसका लागि पैसा भने दिनुपर्ने शर्त राखे । मसँग अरु कुनै बाटो थिएन । म उसँग गएँ ।

केही दिन भौँतारिएपछि मैले ‘माता की चौकी’ टिभी सिरियलमा काम पाएँ । त्यसमा मेरो काम मुखमा मुखौटो लगाएर उभिने थियो । घरका सदस्यको दबाब बढिरहेको थियो । ‘तिमी त टिभीमा देखिँदैनौ ।’ म यो सबै गर्न मुम्बई आएको थिइनँ भन्ने सोचेँ ।

मैले त्यो घरको झ्यालबाट धेरैजसो एउटा केटालाई देख्ने गर्दथेँ । उनी कारमा बस्दथे र क्रिम–पाउडर लगाएर सजिने गर्दथे । एक दिन उनलाई मैले दुध डेरीमा भेटेँ । मैले उनलाई हेलो –हाइ भने । हामीबीच क्रमशः कुरा हुन थाल्यो । मैले उनलाई हरेक साँझ सजिनुको कारण सोधे । उनले आफू पार्टीमा जाने भएकोले सजिने बताए । उनले मलाई आफूसँगै पार्टीमा जाने निम्तो दिए । म उनीसँग पार्टीमा जान राजी भएँ ।

त्यहाँ गएर मैले देखेँ कि त्यो दुनियाँ हाम्रो दुनियाँभन्दा बिलकुल भिन्न थियो । त्यहाँ महिला–पुरुष, ट्रान्सजेन्डर, गे, लेस्बियन सबैजना थिए । मलाई त्यो अचम्मको माहौलमा निसासिएको महसुस भयो । म जोसँग पार्टीमा गएको थिएँ, उनले मलाई रमाइलो गर्न भने । साँच्चै भन्ने हो भने त्यहाँ असाध्यै डर लागिरहेको थियो । मध्य रातपछि हामी दुबै घर पुगेका थिए । मैले उनलाई कुनै काममा लगाइदिन भनेँ । उनले मलाई भने, ‘हेर तिमी पार्टीमा डराएर, कक्रक्क परेर बसिरहेका थियौ । यसरी कहाँ काम पाइन्छ । जहाँ तिमी मसँग गएका थियौँ त्यो काम पाउने पहिलो सिँढि हो ।’

केही दिनपछि उनले मलाई एक पुरुष भएठाउँ पठाए । म उसको घर गएँ । उनी घरमा एक्लो थिए । कामको कुरा भएपछि उनले मेरो काँधमा हातले सुम्सुम्याउन थाले । मलाई ‘ब्याड टच’ महसुस हुनथाल्यो । सायद उनले खानेकुरामा मलाई हल्का नसाजस्तो केही दिएका थिए । ममाथि के भइरहेको थियो भनेर मलाई राम्रोसँग थाहा थियो तर मैले उनलाई रोक्न सकिनँ । विरोध गर्दा उनले मलाई भने, ‘अरे यार, शरीर नै त हो, खिइने त होइन ।’

त्यसपछि उनले ममाथि त्यो सब गरे जसलाई बलात्कार भनिन्छ । तर म त पुरुष हो नि, कता जाने, कसलाई आफ्नो दुःख पोख्ने ? त्यो दिन घर गएपछि चार दिनसम्म म बन्द कोठामा रोइरहेँ । आत्मग्लानिले भरिएँ म, मैले के गरेँ, ममाथि के भयो भन्ने भइरहेको थियो । त्यसपछि केही मानिसको कुरा मेरो कुरा घण्टीजस्तै गुञ्जिन थाल्यो, ‘यस्तो गर्नु नै पर्छ, यहि नै काम पाइने पहिलो सिँढी हो ।’

यसै पनि काम नपाएका कारण म भोकले मर्ने अवस्थामा पुगिसकेको थियो । घर फिर्ता हुन पनि सम्भव थिएन । एक दिन त्यहि व्यक्तिको फोन आयो, उनले मलाई आफ्नो घरमा आउन भने । मलाई अब कामको निकै आवश्यकता भइसकेको थियो त्यसैले उसको घर गए्ँ । यतिबेला हामीबीच जे जति भयो, त्यो सहमतिमा भयो । त्यस दिन सबैकुरा भएपछि मैले उनीसँग केही व्यक्तिको सम्पर्क नम्बर मागेँ । उनले मलाई अर्का एक पुरुषको नम्बर दिए । मैले ती नयाँ व्यक्तिलाई फोन गरेर उनी भएठाउँ गएँ । त्यहाँ गएर मैले थाहा पाएँ कि उनलाई मेरोबारे पहिलेदेखि नै थाहा थियो । उनले भन्न थाले, ‘तिमीले एकदमै राम्रो काम गर्छौ भन्ने सुनेको थिएँ । ’ चिया नास्ता गरेपछि उनले मलाई बेडरुममा जान इशारा गरे ।

त्यहाँ पहिलादेखि नै अर्का एक पुरुष थिए । उनले मलाई ग्रुप सेक्सका लागि भने । मैले अस्वीकार गरेँ । मेरा लागि तीन पुरुषबीच यौनसम्बन्ध स्थापित गर्नु सहज थिएन । त्यसपछि ती व्यक्तिको इशारामा उनीहरु त्यहाँबाट गए । त्यसपछि ती पुरुष र मबीच सम्बन्ध भयो । ती व्यक्तिलाई म यो कामका लागि असाध्यै मन परेँ । उनले मलाई भन्थे, ‘तिमी चौबीसै घण्टा यहाँ बस र मेरा लागि यी सबै गरिराख ।’

मलाई लाग्थ्यो कि यी कस्तो मानसिक रोगी हुन्, मेरो जस्तै शरीर उनीहरुको पनि छ, हामी दुबैको शरीरको सबै अंग एउटै छ, उनीहरुलाई मसँग कसरी मजा आउँछ ।

खैर मलाई काम पाउने आशा थियो । मैले ती पुरुषको बोलावटमा उनको घरमा धेरै नै गएँ । हामीबीच सहमतीमा सम्बन्ध स्थापित हुन्थ्यो । म उनीहरुको पार्टीमा पनि जान थालेँ । त्यसपछि मलाई उनीहरुका ह्वाट्सएप ग्रुप छ भन्ने थाहा भयो । जब कोही नयाँ पुरुष आउँथे तब उनीहरुले ती व्यक्तिलाई नयाँ शिकारको रुपमा लिने गर्दथे । सबैजनाले उनीहरुसँग सम्बन्ध स्थापित गर्दथे । त्यसपछि कसैले ती व्यक्तिलाई काम दिन्थे त ठिक छैनन् भने यो काम गरेबापत् खर्च, खाना पाउने गर्दथे ।

एउटा पार्टीमा मैले एक महिलालाई भेटेँ । बिस्तारै उनीसँग मेरो दोस्ती पनि भयो । मैले उनलाई आफ्नो पीडा भनेँ र यी सबै गरेर आफू थाकिसकेको बताएँ । उनले मलाई म जो पुरुषलाई भेट्छु उनको इन्डष्ट्रिमा असाध्यै राम्रो सम्पर्क भएको र यति सबै भइसकेपछि यो सम्पर्कबाट केही फाइदा निकाल भनेर बताइन् । यद्यपि, म यहाँबाट निस्कन चाहन्थेँ । जहाँ जान्थे त्यहाँ लाग्थ्यो कि जोसुकै यसका लागि तयार बसिरहेका छन् ।

मैले एकदिन मन मारेर ती व्यक्तिलाई फोन गरेँ र उनको घरमा आउन चाहेको बताएँ । उनी खुसीले दङ्ग भए । उनको घरमा जाँदा उनी तयारी अवस्थामा बसेका थिए । त्यसपछि मैले उनलाई आफूलाई काम चाहिएको कुरा स्पष्टसँग भनेँ । ‘तपाईं जे भन्नुहुन्छ गर्नेछु, जहाँ बोलाउनु हुनेछ आउनेछु’ भनेँ । ती व्यक्तिको साउथको इन्डष्ट्रिमा निकै राम्रो सम्बन्ध थियो । उनले मलाई कामका लागि एकजना यस्ता व्यक्तिसँग सम्बन्ध बनाउ पठाए जसलाई नग्न देखेर म असाध्यै डराएँ ।

उनलाई सिमेल भनिन्छ । सिमेल अर्थात् शरीरको माथिल्लो भाग महिलाको र तल्लो भाग पुरुषको । मैले सिमेलबारे सुनेको मात्रै थिएँ तर पहिलो पटक देखेको थिएँ । ती व्यक्तिले मलाई अन्य थुप्रै व्यक्तिसँग सम्बन्ध स्थापित गर्न पठाए । म आँखा बन्द गरेर यो दलदलमा भास्सिइरहेँ ।

अन्त्यमा उनलाई सायद ममाथि दया लाग्यो । उनले मलाई साउथमा काम गर्छौ भनेर सोधे, मैले ‘हुन्छ’ भनेँ । मलाई लाग्यो कि म यो दलदलबाट निस्कनेछु । म साउथ गएँ । त्यहाँ एक ड्रेस डिजाइनरले मेरो नाप लिइरहेका थिए । नापो लिइराख्दा उनले मेरो कानमा बिस्तारै भने, ‘सुनेको छु, तपाईंले हरेक ठाउँमा उत्कृष्ट प्रस्तुती दिनुहुन्छ ।’ यो सुनेर मलाई रिँगटा लाग्यो । यी ड्रेस डिजाइनर लाइन प्रोड्युसर पनि थिए । उनले मलाई एउटा ठेगाना दिए र मध्यरातमा आउन भने । म त्यहाँ गएँ, उनीसँग पनि मेरो सम्बन्ध भयो ।

म थाकिसकेको थिएँ । मलाई लाग्यो कि जहाँ जोसँग काम माग्न जान्छु त्योभन्दा अघि यो कामका लागि भन्ने गर्दथे । मैले सोच्न थालेँ ‘आखिर मैले यी सब गरेर कसरी काम पाउँछु ?’ यो काम म खुसी भएर गर्दिनथेँ । पुरुषसँग सम्बन्ध स्थापित गर्दा मलाई भित्रैदेखि असाध्यै घिन लाग्थ्यो, पीडा हुन्थ्यो । मैले महसुस गरेँ कि जबर्जस्ती असाध्यै धेरै यौन सम्बन्ध स्थापित गर्दाको असर मेरो अनुहारमा पनि देखिन थालेको थियो । म थाक्थेँ, टुट्थेँ, हात जोड्थेँ, अब योभन्दा बढी गर्न सक्निँ । तर कसैले मेरो कुरा सुन्दैनथे ।

साउथको त्यो फिल्म सेटमा एकजना वृद्ध पनि थिए । एकदिन उनले मलाई आफ्नो घरमा बोलाए । उनले मलाई ‘यहाँ तिमीजस्तो धेरै पुरुष आउँछन्’ भनेँ । उनले मलाई खाना खुवाए र मलाई त्यहाँबाट जान भने । ‘सक्छौ भने यिनीहरुको दुनियाँबाट टाढा जाउ’ भने । उनको कुरा सुनेर म सानो बच्चाजस्तै रोएँ । उनलाई ‘यो सबै गर्न मलाई मन नलाग्ने तर कुनै विकल्प नै छैन’ भनेँ । उनले ‘कति दिन काम नपाइएला ? महिना, दुई महिना, ६ महिना ? तिमी यिनीहरुको दुनियाँबाट निस्किउ’ भने । ‘फोन नम्बर फेर’ उनले भने । त्यसपछि म साउथबाट मुम्बई आएँ ।

मुम्बई आएपछि एउटा प्रोडक्सन हाउसदेखि अर्को प्रोडक्सन हाउसमा कामका लागि  भौँतारिरहेँ । पैसाको कमी थियो । यीमध्ये कसैलाई फोन गरुँ भन्ने कहिलेकाँही लाग्थ्यो । नम्बर डाइल गर्दा गर्दै रोकिन्थेँ तर यो दलदलमा पुनः फस्नु छैन भनेर रोकिन्थेँ । एकदिन प्रोडक्सन हाउस बाहिर ती व्यक्ति भेटिए जसले मलाई साउथ पठाएका थिए । मलाई देखेर उनले भन्न थाले, ‘अरे तिमी कता छौ ?’ मैले भने, ‘मेरी हजुरआमाको निधन भएको थियो त्यसैले दिल्ली गएको थिएँ ।’ त्यसपछि उनले मलाई भेट्न बोलाए ।

अब मसँग पैसाको कमी भइसकेको थियो । के गर्ने, के नगर्ने भनेर दिमागले सोच्न सकेको थिएा । यी व्यक्तिको ग्रुपमा एक महिलाको मसाज पार्लर थियो । मैले ती महिलालाई फोन गरेर उनीसँग काम मागेँ । उनले मलाई रजिस्ट्रेशनका लागि २५ सय तिनुपर्ने र १५ दिनको मजासको तालिम लिनुपर्ने बताइन् । उनले मलाई क्लाइन्ट आएपछि बाहिर लाइनमा उभिनुपर्ने र जसले छानेको छ, उनैसँग क्याबिनमा जानुपर्ने बताइन् ।

पहिलो चारपाँच दिन त्यहाँ धनाढ्य महिला आए, कसैले पनि मलाई मसाज गराउनका लागि छानेनन् । म यहाँ पनि निराश हुन थालेँ । त्यसपछि ती महिलाले मलाई  यति छिटै निराश नहुन भनिन् । कोही न कोही पक्कै पनि आउनेछ भनेर उनले मलाई सम्झाइन् । करिब एक हप्तापछि एक महिलाले मलाई मसाजका लागि छानिन् ।

ती महिला ३८ देखि ४० वर्षकी होलिन् । म उनीसँग भित्र क्याबिनमा गएँ । मसाज गर्दै गर्दा उनले स्मुच गर्न थालिन् । म यो पोजिसनमा कुनै महिलासँग पहिलो पटक थिएँ । साँच्चै भन्ने हो भने मलाई पनि राम्रो लागिरहेको थियो । हामीले एक अर्कालाई घण्टौँसम्म चुम्यौँ । उनले मलाई घरमा बोलाइन् । उनको घर जाँदा मैले १० हजार पाउने निश्चित भयो । त्यसको भोलिपल्ट म उनको घर गएँ । ती महिला असाध्यै धनी थिइन् । उनका श्रीमान् विदेशमा बस्थे । उनको आलिशान घरमा उनीबाहेक उनको एउटा महँगो कुकुर थियो ।

महिलाले जालीदार नाइटी लगाएकी थिइन् । म असाध्यै उत्साहित थिए । उनले मलाई खानाका लागि सोधिन् । मैले पिज्जा मगाएँ । खाना खाएपछि उनीसँग रातभरी उनको बेडरुममा बसेँ । हामीबीच पहिलो पटक सम्बन्ध स्थापित भयो । एकपटक सम्बनध बनाएपछि उनले मलाई आफ्नो कारमा राती मरिन ड्राइभ र सिलिङ्क घुमाउन लगिन् । यति राती मैले मरिन ड्राइभ र सिलिंक मैले पहिलो पटक उनीसँगै अनुभव गरेकी थिइन् । म एकदम जंगलीजस्तै व्यवहार गरिरहेको थिएँ । रातको चकाचौँध देखेर पागल भइरहेको थिएँ ।

उनले बाटोमा आफ्नो कहानी सुनाइन् । उनका अनुसार उनका श्रीमान् भारत निकै कम आउँछन् । उनलाई श्रीमानले दोस्रो विवाह गरेका छन् कि भन्ने शंका छ तर उनले उसका लागि पैसाको कुनै पनि कमी हुन दिएका थिएनन् । र ती महिलासँग यतिधेरै पैसा थियो कि म बयान गर्न सक्दिनँ । यी सबै बताउँदै गर्दा उनी रोइरहेकी थिइन् । त्यसपछि हामी घर पुग्यौँ । उनले हाम्रो लागि एउटा पेग बनाइन् र हामीले त्यसपछि पुनः बेडरुममा निकै राम्रो समय व्यतित गर्याैँ । बिहान भएपछि उनले मलाई खुसी भएर १० हजारको साटो १५ हजार रुपैयाँ दिइन् ।

म र ती महिलाबीच सात महिनासम्म यो सिलसिला जारी रह्यो । म उनी भएठाउँ जान्थेँ, हामीले निकै राम्रो समय बिताउँथ्यौँ र उनले मलाई पैसा दिन्थिन् । एकदिन उनले आफ्नो घरमा पार्टी राखिन् । मलाई पनि बोलाइन् । म उनको घर गएँ, त्यहाँ करिब ४० वर्षदेखि अधबैंसे महिला थुप्रै थिए । एक तरिकाले भन्ने हो भने त्यो धनाढ्य महिलाको किट्टी पार्टी जस्तै थियो । त्यो वातावरणमा म असहज महसुस गरिरहेको थिएँ । पार्टीपछि ती महिलाले मलाई आफ्नो घरमा बस्न भनिन् तर मैले अस्वीकार गरेँ । जाँदै गर्दा उनले मलाई ‘यीमध्ये कोही मनपरे मलाई भन’ भनिन् ।

त्यहाँबाट निस्किएपछि म आफ्नो काममा व्यस्त भएँ । ती महिलासँग मेरो कुरा पनि भएन । एक दिन मैले उनलाई फोन गरेर भेट्न भनेँ । मैले उनलाई त्यसदिन किट्टी पार्टीमा आएकी फलानो महिलालाई भेट्न मन लागेको बताएँ । उनले ‘तिमीले भनेको ठाउँमा पठाउँछु तर मैले बोलाएको बेला जहाँ भएपनि आउनुपर्छ’ भनेर शर्त राखिन् । त्यसको सट्टा पैसाको कुनै कमी नहुने उनले बताइन् । मलाई त पैसा चाहिएको थियो । मैले पनि आफ्नो प्रस्तुती उत्कृष्ट हुने बचन दिए । उनले मलाई ती महिलाको फोन नम्बर दिइन् ।

मैले ती महिलालाई फोन गरेँ । उनले मलाई एउटा ठाउँमा बोलाइन् । निश्चित समय अनुसार म त्यहाँ पुगेँ । त्यहाँ जम्मा तीन महिला थिए । उनीहरु ग्रुप सेक्स चाहन्थे । तीनैजनाले आफूले चाहे अनुसार मेरो शरीर प्रयोग गरे । त्यस रात मेरो प्राण मात्रै गएन ।  एकपटक त मैले हात जोडेको थिएँ । म थाकेर यत्तिकै पल्टिरहेँ, उनीहरुले चाहे जसरी मेरो शरीर प्रयोग गरिरहे । बिहान हुँदा उनीहरुले मलाई २५ हजार भारु दिए ।

यसरी धनाढ्य महिलाबाट मैले जे जति पैसा पाउँथे, त्यो मैले जम्मा गरेर राखिरहेको थिएँ । त्यसपछि मैले नायगांवमा एउटा फ्ल्याट किनेँ । म आफ्नो घरमा पैसा पनि पठाउँथे । अब मैले धेरै ठाउँमा काम पाउन थालेको थिएँ । धनाढ्य महिला मेरा ग्राहक थिए । मैले एक रातको १० देखि २५ हजार भारुसम्म पाउँथे । कसैका श्रीमान् बाहिर हुन्थे, कसैका श्रीमान् अन्य कोहीसँग बस्थे, कसैको विदेशमा थिए त कसैको श्रीमान् नै थिएनन् ।

यीमध्ये केहीलाई यौनसँग मात्रै मतलब थियो, कोही मसँग समय बिताउन चाहन्थे र कोही भने आफ्नो कहानी बताउँदा बताउँदै रुन थाल्थे । विवाह बन्धनमा बाँधिएता पनि उनीहरु मसँग यौन सम्बन्ध स्थापित गर्दथे तर मैले उनीहरुको एक्लोपन बुझ्थेँ ।

मेरो जीवन अब राम्रोसँग चल्न थालेको छ । आफ्नो शरीरबाट यी महिलाबाट मैले धेरै पैसा कमाएँ । मलाई ‘अब त अत्ति भयो ’ जस्तो लाग्न थालेको थियो । पुरुष र धनाढ्य महिला, दुबैले मेरो शरीरलाई लुछे । शरीर सुम्पिएपछि पुरुषले मलाई नेटवर्कमा समावेश गरे र काम दिए । महिलाले ममाथि पैसाको वर्षा गरे । म अब लाइफ सेट गर्न चाहन्छु, सुस्ताउन चाहन्छु । अभिनय गर्दै गर्दा मेरो एक महिलासँग निकटता बढ्यो । मैले उनलाई आफ्ना बारे सबैकुरा बताएँ । हामी दुई पछिल्लो तीन वर्षदेखि सँगै बसिरहेका छौँ अब विवाह गर्दैछौँ ।

महिला र पुरुष दुबैले बराबर मेरो दोहन गरे तर यो सबै महिलामाथि हुन्छ भने उनीहरुको अधिकार र अन्ययाको विषयमा धेरैले आवाज उठाउँथे । हामीमाथि यस्तो भएको खण्डमा हामी चिच्याउन पनि सक्दैनौँ । हाम्रो दुःख यसकारण दुःख होइन किनभने हामी पुरुष हौँ । कसैले यो बुझ्दैनन् कि हाम्रो पनि शरीर हो र हाम्रा पनि भावना छन् ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप