बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा चुनावी तालमेलबारे छलफल गर्न गठबन्धन दलको बैठक बस्दै

आइतबार, २० चैत २०७८, ११ : ५३
आइतबार, २० चैत २०७८

केन्द्रीय तहमा सत्तारुढ गठबन्धनको कुराकानी भइरहँदा प्रदेशस्तरमा पनि गठबन्धनका लागि दलहरू एकजुट भएका छन् । मधेस प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्नका लागि नेपाली काँग्रेसको मधेस प्रदेश कार्यालयमा सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको हो ।

 बैठकमा सत्तासीन राजनीतिक चार दलको बैठक बस्न लागेको नेकपा माओवादी केन्द्र मधेस प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले जानकारी दिए । सो बैठकमा सहभागी हुने दलले आ–आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गरिने सचिव बरबरीयाले बताए । उनले भने, ‘आज गठबन्धन दलको जनकपुरधाममा बैठक बस्दैछ । बैठकमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल दलहरू सहभागिता हुनेछ । आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विभिन्न कार्यक्रम रहेकाले बैठक केही ढिला गरी सुरु हुने छ ।’

आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि मधेस प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ । मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका गरी १३६ पालिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप