आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निफमा बहस : राम्रो अभिनय के हो ?

आइतबार, २० चैत २०७८, ११ : ४०
आइतबार, २० चैत २०७८

अभिनेता विपिन कार्कीले कलाकार इमान्दार भएर अभिनय गर्नुपर्ने बताएका छन् । उनले अभिनय राम्रो र नराम्रो नहुने बताउँदै कलाकारितामा इमानदारिताले स्वभाविक र जीवन्त अभिनय गर्न सकिने धारणा राखे ।

५ औं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन शनिबार राम्रो अभिनय के हो ? विषयको बहसमा छेडिएको थियो । सो क्रममा विपिनले अभिनयको पात्र आफुमा देख्न र देखाउन सक्नुपर्ने धारणा समेत अगाडि सारे ।
‘अभिनय आ–आफ्नो शैलीमा हुन्छ । एउटै पात्रलाई दुई अलग व्यक्तिले फरक शैलीमा प्रस्तुत गर्न सक्छन्’ विपिनले भने ।

सो अवसरमा आफ्ना भिन्न फिल्मका भिन्न पात्रको बारेमा चर्चा गर्दै कार्कीले पहिलो क्यारेक्टर दोश्रो क्यारेक्टरमा हाबी हुन सक्ने भन्दै कलाकारको लागि सबैभन्दा ठूलो चुनौती पहिलो पात्रलाई बिर्सने अभिनय गर्ने रहेको बताए ।

त्यस्तै, नाट्यकर्मी सुनिल पोखरेलले कलाकार आफूप्रति इमानदार भएमात्र राम्रो अभिनय निस्कने बताए । फिल्म डाइरेक्टर र थिएटर एक्टरको माध्यम भएको बताएका उनले एक्टरलाई बाँधेर राम्रो अभिनय निस्कन नसक्ने सुनाए । पोखरेलले कलाकारले जमिनलाई बिर्सेको प्रसंगमा भने सटिक जवाफ फर्काए ‘जसले भुईँ छोड्छ, त्यो हराउँछ ।’

नाटकमा भन्दा फिल्ममा क्यारेक्टराइजेशन कमजोर हुने कलाकार सरिता गिरीले बताइन् । उनले नाटकको महिनौ रिहर्सलले अभिनय  र क्यारेटराइजेशन बलियो हुने धारणा अगाडि सारिन् ।

‘थिएटर र फिल्म फरक माध्यम हो’ गिरीले थपिन्, ‘थिएटर कलाकारले लाउड अभिनय गर्छन् ।’ ‘पात्रलाई कसरी एडप्ट गर्ने भन्ने प्रसंगमा कलाकार गिरीले कुनै पात्रलाई डिटेलमा बुझ्ने, उसको इनर थट के हो ? टेक्स सब टेक्समा  मनन गर्ने जसले गर्दा अभिनय जीवन्त हुन्छ’ गिरीले थपिन् । चलचित्र आमाको पात्रलाई बुझ्न रियल घटना र पात्रलाई लामो समयसम्म अध्ययन गरेको सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप