चीनमा एकै दिन १३ हजार कोभिड संक्रमित
आइतबार, २० चैत २०७८, ०९ : ०५
बेइजिङ–चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो । चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ ।
संक्रमितहरूमध्ये १४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तिय हव सांघाइमा झन्डै साढे २ करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण फेरि देखिएसँगै प्रभावित प्रान्तका सहरमा सरकारले आवत जावतमा कडाइ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा