
प्रचण्ड जनकपुरमा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।
सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गर्न प्रचण्ड जनकपुर गएका हुन् । प्रचण्ड गत २ भदौमा यादवको स्मृतिसभालाई सम्बोधन गर्न पनि जनकपुर पुगेका थिए ।
तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ उनको हत्या भएको थियो ।
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको हत्या भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ