शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बायर्नको सहज जित

आइतबार, २० चैत २०७८, ०७ : ४३
आइतबार, २० चैत २०७८

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एससी फ्रीबर्र्गलाई ४–१ गोल अन्तरले परातिज गरेको हो । फ्रीबर्र्र्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवोन गोरेज्का, सर्जि ग्यानबेरी, किङस्ले कोमान र मार्सेल साविजरले एक–एक गोल गरे ।

उता फ्रीबर्र्गका लागि  निल्स पेटेर्सनले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो सबै गोल दोस्रो हाफमा गरेका थिए । यो जितसँगै बायर्नले अंक तालिकामा स्पष्ट ९ अंकको अग्रता बनाएको छ । 

लिगमा २८ खेल खेलेको बायर्न ६६ अंक जोडेर तलिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको डर्टमण्डको ५७ अंक छ । डर्टमण्ड र बायर्नबीच ९ अंकको फरक छ । पराजित फ्रीबर्र्गले २८ खेलबाट ४५ अंक जोडेको छ । फ्रीबर्र्ग तालिकाको पाँचौं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप