घरेलु मैदानमा डर्टमण्डको हार

जर्मन बुण्डेस लिगामा बोरुसिया डर्टमण्डले घरेलु मैदानमा हार बेहोरेको छ । शनिबार राति भएको खेलमा डर्टमण्ड आरबी लाइपजिगसँग ४–१ गोल अन्तचरले पराजित भएको हो ।
डर्टमण्डको घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन कोनरार्ड लाइमेरले दुई गोल गरे । त्यस्तै क्रिस्टोफेर कुन्कु र डानी ओल्मोले एक–एक गोल गरे । उता डर्टमण्डका लागि डेनिएल मालेनले एक गोल फर्काए । खेलको २१औँ मिनेटमा लाइमेरले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाए । ३०औँ मिनेटमा लाइमेरले व्यक्तिगत दोस्रो गोल गर्दै लाइपजिगको अग्रता दोब्बर पारे ।
पहिलो हाफमा २–० गोलको अग्रता बनाएको लाइपजिगले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ५७औँ मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिको अग्रता ३–० बनाए । डर्टमण्डका लागि ८४औँ मिनेटमा डेनिएलले एक गोल फर्काउँदै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । ८६औँ मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४–१ गोलको जित दिलाए । जितसँगै लाइपजिगले २८ खेलबाट ४८ अङ्क जोडेको छ । लाइपजिग तालिकाको चौथो स्थानमा छ । यता पराजित डर्टमण्ड ५७ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्
-
कोलेस्ट्रोल घटाउन चाहनुहुन्छ ? बिहान अपनाउनुहोस् यी ५ बानी
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?