युनाइटेड बराबरीमा रोकियो
आइतबार, २० चैत २०७८, ०७ : १८
प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले लेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा लेस्टरले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरे ।
खेलको ६३औं मिनेटमा लेस्टरका लागि केलेचि इहेन्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, उक्त अग्रता लामो समय टिक्न सकेन । फ्रेडले युनाइटेडका लागि ६६औं मिनेटमा गोल गर्दै टिमलाई हारबाट जोगाए । बराबरीसँगै युनाइटेडले शीर्ष पाँचमा उक्लने मौका गुमाएको छ ।
लिगमा ३० खेल खेलेको युनाइटेड ५१ अंक सहित तालिकाको छैटौं स्थानमा छ । यता २८ खेल खेलेको लेस्टर ३७ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या