गुजरातको लगातार दोस्रो जित
गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि १४ रनको जित निकालेको हो । गुजरातले जितका लागि दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५७ रन बनायो ।
दिल्लीका लागि कप्तान रिशव पन्तले सर्वाधिक ४३ रनको योगदान गरे । त्यस्तै ललित यादवले २५ रन जोड्दा रोमान पोवेलले २० रनको योगदान गरे । बलिङतर्फ गुजरातका लागि लकी र्फग्युसनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै मोहमद स्वामीले २ विकेट लिँदा हार्दिक पाड्या र रासिद खानले एक–एक विकेट लिए ।
यसअघि गुजरातका लागि सुभमन गिलले ८४ रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै कप्तान हार्दिक पाड्याले ३१ रन बनाउँदा डेभिड मिलरले २० रनको योगदान गरे ।
बलिङतर्फ दिल्लीका लागि मुस्तफिजुर रहमानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै खलेल अहमेदले दुई विकेट लिए । त्यस्तै कुलदीप यादवले एक विकेट लिए ।
जितसँगै गुजरातले दुई खेलबाट ४ अंक जोडेको छ । गुजरात तालिकाको तेस्रो स्थानमा छ । पराजित दिल्लीको दुई खेलबाट २ अंक छ । दिल्ली तालिकाको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या