बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा ब्रेन्टफोर्डसँग चेल्सी पराजित

शनिबार, १९ चैत २०७८, २३ : ०६
शनिबार, १९ चैत २०७८

प्रिमियर लिग फुटबलमा चेल्सी ब्रेन्टफोर्डसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।  चेल्सीको घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई जित दिलाउन विटाले जानेल्टले दुई गोल गरे । त्यस्तै क्रिश्चियन एरिक्सन र योवने विसाले एक गोल गरे । 

उता चेल्सीका लागि एन्टोनियो रुडिगेरले एक गोल गरे । खेलमा चेल्सीले लिएको सुरुवाती अग्रतालाई उल्टाउँदै ब्रेन्टफोर्डले जित निकाल्न सफल भयो ।  एन्टोनियोले खेलको ४८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि जेनेल्टले ब्रेन्टफोर्डका लागि बराबरी गोल फर्काए । 

५४ औं मिनेटमा एरिक्सनले गोल गर्दै ब्रेन्टफोर्डलाई २–१ गोलको अग्रता दिलाए । ६० औं मिनेटमा जेनेल्टले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रेन्टफोर्डलाई ३–१ गोलको अग्रता दिलाए ।  ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४–१ गोलको जित दिलाए । हारसँगै चेल्सीले महत्वपूर्ण ३ अंक गुमाएको छ ।

लिगमा २९ खेल खेलेको चेल्सीले ५९ अंक जोडेको छ । चेल्सी तालिकाको तेस्रो स्थानमा छ ।  जित निकालेको ब्रेन्टफोर्डले ३१ खेलबाट ३३ अंक जोडेको छ । बर्नाफोर्ड तालिकाको १४ औं स्थानमा छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप