बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जितपुर–सिमरा गोल्डकपको उपाधि एनआरटीलाई

शनिबार, १९ चैत २०७८, २२ : ४९
शनिबार, १९ चैत २०७८

ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले १२औं जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा ए डिभिजन लिग क्लब एपीएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटी उपाधि उचाल्न सफल भएको हो । 

सिमरा रंगशालामा एनआरटीको जितका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई–दुई गोल गरे । त्यस्तै दीपेश घलेले एक गोल गरे ।  एनआरटीको यो वर्षको पहिलो उपाधि हो । पहिलो हाफमा इन्ज्युरी समयमा मेसु केले फ्रिकिकमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

६० औं मिनेटमा दीपेशले गोल गर्दै एनआरटीको अग्रता दोब्बर पारे । स्टेफनले एनआरटीका लागि ७७ औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाए ।  ८१ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० को बनाए । स्टेफेनले ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० गोलको जित दिलाए ।  

एनआरटीले उपाधिसहित १० लाख र एपिएफले ५ लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका एनआरटीका मेसुकेले एक थान बेनेली मोटरसाईकल प्राप्त गरे । एनआरटीका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक, अशोक थापा उत्कृष्ट मिडफिल्डर, स्टेफन उत्कृष्ट फरवार्ड र राजुकाजी शाक्य उत्कृष्ट प्रशिक्षक घोषित भए ।

 एपीएफका राजन गुरुङ उत्कृष्ट रक्षक घोषित भए । प्रतियोगिता ६ गोल गरेका स्टेफन समिरले सर्वाधिक गोलकर्ता बने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप