टिपिएल ४ : मणिग्राम र शंकरनगर विजयी
रुपन्देहीमा जारी सर्वोत्तम तिलोत्तमा प्रिमियर लिग टिपीएलको शनिबार सम्पन्न खेलमा मणिग्राम किङ्स र रोयल शंकरनगर विजयी भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा नवजीवन क्रिकेट मैदानमा भएको तेस्रो खेलमा तिलोत्तमा टाइगर्सलाई मणिग्रामले १० विकेटमा र चौथो खेल न्यु होराइजनलाई ५ विकेटले रोयल शंकरनगर विजयी भएको हो ।
पहिलो खेलमा सुरुवाती ब्याटिङ गरेको तिलोत्तमा टाइगर्गले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रनको योगफल बनायो । जसका लागि आयुष्मान बमले ४६, सन्दीप जोराले २६ रनको योगदान गरे । बलिङ तर्फ अनिल खरेलले ३ विकेट लिए ।
जवाफी ब्याटिङमा ११४ रनमको लक्ष्य पाएको मणिग्रमले १४ दशमलव १ ओभरमा विना विकेटको नोक्सानीमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि ईशान पाण्डे र देव खनालले अविजित ६० र ४४ को पारी खेले । वलिङतर्फ सुदिप जोराले २ विकेट लिए । पहिलो खेलमा अनिल खरेल म्यान अफ द म्याच भए ।
यस्तै दोस्रो खेलमा सुरुवाती ब्याटिङ गरेको न्यु होराइजनले सबै विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । १९ दशमलव २ ओभरमा समेटिएको टिमका लागि विपिन रावलले २१, राहुल शर्माले १४ रन बनाए ।
जबाफी ब्याटिङमा ९५ रनमको लक्ष्य पाएको शंकरनगरले १४ दशमलव ३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पार गरी जित निकाल्यो । जसका लागि शंकर रानाले २७ र हरि चौहानले २२ रन बनाए ।
दोस्रो खेलमा धीरज शाही म्यान अफ द म्याच भए । आइतबारको खेल तिलोत्तमा टाइगर्स र नेपथ्य गोल्ड बीच तथा दोस्रो खेल न्यु होराइजन र एकोन भैरहवा बीच हुने समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले जानकारी दिए । चौथो संस्करणको प्रतियोगितामा ८ टिम सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ