एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् । काँग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।
मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन नेपाली काँग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहन्थ्यौँ । तर बस्न दिएनन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नुपरेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पारे ।
शनिबार भीमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे । ‘जनताको काम कसरी गर्ने हामी सिकाउँछौँ’, उनले भने । अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरू ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भएपनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उनको अनुरोध छ ।
मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गरे । उनले अगाडी थप्दै भने, ‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको छ । सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरुलाई चिन्नुहोला ।’
आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्दारमा उदाहरणीय काम गरेको मन्त्री श्रेष्ठले जिकिर गरे । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरुलाई न्याय दिने काम गरेको उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग
-
आज नारायणको बार, कुन राशिलाई कस्तो लाभ ? हेरौँ राशिफल
-
अमेरिकी डलर, चिनिया युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, कसको कति ?