बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

डेभिड बने हेभीवेट च्याम्पियन

शनिबार, १९ चैत २०७८, २१ : १६
शनिबार, १९ चैत २०७८

डेभिड महर्जनले प्रथम हेरिटेज राष्ट्रिय रिङ रेस्लीङ्ग च्याम्पियनसिपको हेभीवेडतर्फको उपाधि जितेका छन् । वसन्तपुर डबलीमा शनिबार सम्पन्न च्याम्पियनसिप अन्तर्गत नुवाकोटे टाइगरलाई हराउँदै डेभिड हेभीवेट च्याम्पियन बनेका हुन् ।

त्यस्तै महिला लाइटवेट च्याम्पियनसिपको बेल्ट आकृतिले जितेकी छिन् । उनले तनुलाई हराउँदै उपाधि जितेकी हुन् ।  हेभीवेट च्याम्पियन डेभिडले बेल्टसँगै नगद एक लाख पाँच हजार नगद पुरस्कार प्राप्त गरे भने दोश्रो हुने नुवाकोटेले नगद ८५ हजार पाए ।

यस्तै तेश्रो हुने चट्टानले नगद ७५ हजार पुरस्कार प्राप्त गरे । महिला लाइटवेटतर्फ आकृतीले मेडलसहित पुरस्कार स्वरुप नगद ६५ हजार प्राप्त गरिन् । सीजे वर्ल्ड एण्ड योङ सेडीले ट्याग टिम च्याम्पियनको उपाधि जिते । सीजेले स्पाइडर म्यानलाई हराए । सीजेले पुरस्कार बापत मेडल र नगद ९५ हजार प्राप्त गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप