बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजीनामाको विषय संशोधन गर्न निर्वाचन आयोगलाई पत्र’

शनिबार, १९ चैत २०७८, २० : ०१
शनिबार, १९ चैत २०७८

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणले हाल जनप्रतिनिधिको रुपमा काम गरिरहेका हरुले निर्वाचनमा भाग लिन राजीनामा दिनुपर्ने विषय संशोधन गर्न निर्वाचन आयोगलाई सरकारले आग्रह गरेको बताएका छन् । 

शनिवार पूर्वी पहाडी जिल्लाहरुको विभिन्न कार्यक्रममा निस्किएका गृहमन्त्री खाँणले तेह्रथुमको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा हाल काम गरिरहेका जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने निर्वाचन आयोगको निर्णय पुनर्विचार गर्न आग्रह गरेको बताए ।  सरकारले निर्वाचन आयोगलाई औपचारिक रुपमा पत्र नै लेखेर निर्णय पुनर्विचार गर्न आग्रह गरेको उनले बताए । 

गृहमन्त्री खाँणले शनिवार तेह्रथुमको म्याङलुङमा  जिल्ला प्रशासन कार्यालयको नवनिर्मित उद्घाटन गरे । साथै गृहमन्त्री खाँणले आज नै धनकुटा सदरमुकाम धनकुटामा स्थानीय कार्यकर्ताले आयोजना गरेको कांग्रेसको घरदैलो कार्यक्रममा सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप