आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

मच्छिन्द्र र ब्लू स्टारबीच खेलको तयारी पूरा

शनिबार, १९ चैत २०७८, १८ : ५७
शनिबार, १९ चैत २०७८

एएफसी कप छनोट–२०२२ को प्ले अफ अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ ।

मच्छिन्द्र क्लबले शनिबार पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । मछिन्द्रले मंगलबार ब्लू स्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ । दुई टोलीबीचको खेलको टिकट मूल्य पनि तोकिएको छ । जसमा भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । जुन खेल अप्रिल १२ मा हुनेछ । मच्छिन्द्रसँग खेल्न ब्लू स्टारको टोली नेपाल आइपुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप