शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा १२ सयले घट्यो सुनको मूल्य

शनिबार, १९ चैत २०७८, १७ : ४६
शनिबार, १९ चैत २०७८

यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार यता सुनको मूल्यमा प्रतितोला १२ सय रुपैयाँको गिरावट आएको हो ।

गत साताको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, गतसाता तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४०० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ ।

जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १२ सय रुपैयाँले घट्दै छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ७०० रुपैयाँ छ । यस्तै, यो सातामा तेजाबी सुनको मूल्य पनि १२ सय रुपैयाँले नै घटेर प्रतितोला ९९ हजार २०० रुपैयाँमा आइपुगेको छ । 

यसैगरी, गत साताको शुक्रबार तोलामा १४ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य समेत घटेको छ । यो साताको शुक्रबारसम्म आइपुग्दा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा आइपुगेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप