भारतले भन्यो– नेपाल–भारत सीमा विवाद राजनीतिकरण भयो, यसलाई इगनोर गर्नुपर्छ

नेपाल–भारत बीचमा देखिएको सीमा विवादलाई छलफल र संवादमार्फत समाधान गर्न दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ । शुक्रबारदेखि भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलमा सो सहमति भएको हो ।
भारतीय विदेश मन्त्रालयका सचिव हर्षवद्र्धन श्रृङ्गलाकाअनुसार दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भएको छ । सचिव श्रृंगलाले भनेका छन्, दुई देशका प्रधानमन्त्री बीच यस विषयमा गभ्मीर छलफल भयो, यस विवादलाई छलफल र संवादको माध्यमबाट समाधान गर्ने समझादारी भएको छ ।’
सीमा विवादलाई अनावश्यक रुपमा राजनीतिकरण गरिएको र त्यसलाई दुवै देशले बेवास्ता गर्न आवश्यक रहेको विषयमा समेत दुई देशका प्रधानमन्त्री बीच सहमति भएको उनले बताए । भारतीय विदेश मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा सचिव श्रृङ्गालले सीमा समस्यालगायत सुरक्षा समस्याका विषयमा पनि दुई देशबीच छलफल गरेर समाधान गरिने उनले बताए ।
उनले प्रधानमन्त्री देउवाको भारत भ्रमणले दुई देशका जनतालाई निकै फाइदा हुने समेत बताए । नेपाल भारतबीच भएको सहमतिले दुई देशलाई फाइदा हुने बताउँदै यसले दुवै देशको जनतामा सकारात्मक सन्देश जाने विश्वास लिएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी वार्ता : युक्रेन ३० दिने युद्धविरामका लागि अमेरिकी प्रस्ताव मान्न तयार
-
क्यानाडालाई स्टील र आल्मुनियममा ५० प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
-
पेरिस पुगेर फ्रान्सेली नागरिकलाई पर्यटनमन्त्री पाण्डेलेले दिए नेपाल भ्रमणको निम्तो
-
स्ववियु निर्वाचन : देशभर अधिकांश क्याम्पसमा उम्मेदवारी दर्ता, काठमाडौंमा शङ्करदेवसहित ७ क्याम्पसमा विवाद
-
१२ बजे, १२ समाचार : राष्ट्रिय सुरक्षा चुनौतीबारे प्रधानमन्त्री ओलीको चिन्तादेखि चैते धानको मूल्य निर्धारणसम्म
-
श्रीमतीसँग झगडा परेपछि हराएका महर्जन १७ दिनपछि शिवपुरी जङ्गलमा भेटिए मृत