आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुनसरीमा चार दलको संयुक्त बैठक : संयन्त्र गठन

शनिबार, १९ चैत २०७८, १७ : २१
शनिबार, १९ चैत २०७८

आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् । सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्लास्तरीय बैठक शुक्रबार बसेको हो । 

बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ । बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक÷एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ । साथै पालिका र वडास्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनः बस्ने निर्णय भएको बैकठमा सहभागी नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले बताए । आगामी बैठक नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय इनरुवामा बस्ने बताइएको छ । 

१८ गतेको बैठक नेपाली काँग्रेसका सुनसरी सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको थियो । उनी ५ दलीय गठबन्धन सुनसरीका संयोजक हुन् । बैठकमा नेकपा (माओवादी केन्द्र)का सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु), नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की सहभागी थिए । 

त्यसैगरी,आमन्त्रित सदस्यको रुपमा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइराला । उनी प्रदेश सांसद समेत हुन् । संघीय सांसद सिताराम मेहेता, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य निर्मल बराल, नेकपा एसका पोलिटब्यूरो सदस्य महफुज अन्सारी सहभागी थिए ।

त्यसैगरी नेपाली काँग्रेसका सुनसरी उपसभापतिहरु नगेशचन्द्र राई, पंकज महतो, सचिव वीरेन्द्रकुमार साह, नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियत, सचिव वसन्त सुवेदी पनि बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप