मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सोमबारदेखि जेष्ट ब्याडमिन्टन प्रतियोगिता हुने

शनिबार, १९ चैत २०७८, १७ : ०७
शनिबार, १९ चैत २०७८

नेपालमा व्याडमिन्टन ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट व्याडमिन्टन एकेडेमीको आयोजनामा योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा देशभरका विभिन्न जिल्ला क्लब तथा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लब गरि करिव ३०० खेलाडीहरुको सहभागिता रहने जेष्ट एकेडेमीले जनाएको छ । 

प्रतियोगितामा पुरुष एकल (खुला, महिला एकल (खुला), पुरुष युगल उच्च एकल २० (वरियता बाहेक), पुरुष युगल (लेबल सी), यु १७ पुरुष, यु १७ महिला, मास्टर्स खुला ३५ वर्ष माथि, मास्टस खुला ४५ वर्ष माथि र मास्टर्स खुला ५५ बर्ष माथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता बसुन्धारास्थित एकेडमीका आफन कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिता विश्व व्याडमिन्टन महासंघ तथा नेपाल व्याडमिन्टन संघको नियमानुसार नेपाली राष्ट्रिय रोफ तथा अम्पायरहरुबाट खेलाइने आयोजकले जनाएको छ । 

एकेडेमीले सुरुवाती दिनमा व्याडमिन्टन खेलको विकास र विस्तारका साथै राष्ट्रका दुर दराजमा रहेका सुविधाबाट वञ्चित खेलाडीहरुलाई क्षात्रावास सहित न्यूनतम शुल्कमा प्रशिक्षण प्रदान गरि स्वस्थ तथा स्तरिय नागरिक उत्पादन गर्ने उद्देश्य राख्दै आफुलाई अग्रसर बनाएको थियो । 

खेलाडीहरुको स्तर मापन गर्ने उद्देश्यले २०७३ सालमा ‘प्रथम जेष्ट राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता’ सुरु गरेको थियो । पहिलो संस्करणको सफलताबाट उत्साहित भएको एकेडेमीले प्रतियोगितालाई निरन्तरता प्रदान गर्ने निर्णय बमोजिम २०७४ सालमा दोश्रो संस्करण र २०७५ सालमा तेश्रो संस्करणलाई पनि सफलतापूर्वक सम्पन्न गयो । 

प्रतियोगितालाई प्रत्येक वर्ष आयोजना गर्ने चाहना भएतापनि विश्वमा देखिएको कोभिड १९ को महामारीका कारण सबै क्षेत्र जस्तै यस एकेडेमीको कार्यक्रमहरु पनि प्रभावित हुने भई चौथो संस्करणलाई समयमै सञ्चालन गर्न नसकेको एकेडेमीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप