शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल मेडिकल कलेजका डाक्टर यादव मृत फेला

शनिबार, १९ चैत २०७८, १६ : ५३
शनिबार, १९ चैत २०७८

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टर विजय यादव  शनिबार बिहान मृत फेला परेका छन् ।  शुक्रबार दिनभर स्वास्थ्य शिविरमा खटेका उनी बिहान मृत फेला परेका हुन्  । डाक्टर विजय मोरङको कटहरी–३ मा आयोजित स्वास्थ्य शिविरमा खटिएका थिए । शिविर सम्पन्न भएपछि राती साथीभाइसँगै खानपान गरेर डेरातिर लागेका उनी आफू बस्ने घरको गेटैमा बिहान मृत फेला परेका हुन्  । 

‘दिनभरी स्वास्थ्य जाँच गरेपछि उनीसहित अस्पतालका चिकित्सकको टोली ५ बजे हस्पिटल आएको थियो,’ नोबेल अस्पतालका निर्देशक नारायण दाहालले भने । मृत फेला परेका यादव अस्पतालदेखि करिब २ सय मिटर पूर्व प्रेम बस्नेतको घरमा बस्थे । सप्तरीको विष्णुपुर गाउँपालिका–१ घर भएका अन्दाजी २८ वर्षीय डा. यादव विगत ४ वर्षदेखि नोबेलमा हाडजोर्नी तथा नशा रोग विभागमा कार्यरत थिए । उनी बङ्गलादेशबाट एमबीबीएस गरेर आएका हुन् । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार शव नजिक लाइटर र दुई वटा लेडिज जुत्ता रहेको छ । ‘डेरा बसेको घरको कम्पाउण्डभित्र चिकित्सक मृत फेला परेको जानकारी बिहान आएको हो,’ उनले भने, ‘तत्काल प्रहरी परिचालन गरेर घटनाका बारेमा अनुसन्धान थालिएको छ ।’ 

शव भेटिएको स्थानदेखि करिब एकसय मिटर पश्चिम नहर छेउ, नोबल हस्पिटलको गेटलगायतका विभिन्न स्थानमा पनि रगत देखिएको छ । घटनास्थलमा मोरङ प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली पुगेर घटनाको अुनसन्धान सुरु गरेको छ । प्रहरीले तालिमप्राप्त कुकुरलाई पनि ल्याएर घटनाको अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए । 

मृतकका आफन्तहरूले नियोजित रूपमा हत्या भएको भन्दै घटनाको निष्पक्ष छानविन गरि सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् । ‘भान्जाको नियोजित तरिकाले हत्या गरेर डेरा नजिक ल्याएर फालेको हुनसक्छ,’ मृतकका मामा उपेन्द्र यादवले भने, ‘घटनास्थल अर्कै तिर भएको हामीले आशांका गरेका छौं । घटनाको गहन रूपमा अनुसन्धार गरि सत्यतथ्य बाहिर ल्याएर दोषिलाई कारवाहीको दायारामा ल्याउनुपर्दछ ।’ 

शनिबार राती डा.विजय यादव दुईजना साथीहरूसँग अवेर रातीसम्म होटलमा रमाइलो गरेको खुलेको छ । उनी र उनका साथीहरूसँग विराटनगरको एयरपोर्ट रोडमा रहेको एक होटलमा राती ११ बजेसम्म बसेका थिए । डा.यादवसहित तीन जना साथीहरू अवेर रातीसम्म बसेर बियर खाएका थिए  । तीन जनाले ६ वटा वियर खाएको बताएका छन् । 

त्यसपछि एउटा स्कुटीमा तीनजना बसेर डा.यादवलाई पुर्याउन डेरा गएको देखिएको छ । प्रहरीले होटलमा सँगै बसेर रमाइलो गर्ने दुईजना साथीहरूलाई सोधपुछको लागि मोरङ प्रहरीमा ल्याएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप