
प्रधानमन्त्री देउवाले मागे भारतसँग थप तीनवटा नयाँ हवाई रुट

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो ।
‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’
प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए ।
भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र सामाजिक सबै पक्षमा गहन कुराकानी भएको उनले जनाए ।
उनले नेपाल र भारतले समावेशी विकासको साझा उदेश्य लिएको समेत बताए । भारतसँगको सम्बन्ध नेपाललाई निकै महत्वपूर्ण रहेको भनाई उनको थियो । ‘भारतको समृद्धि र विकासबाट हामी पनि फाइदा लिन चाहन्छौं,’ प्रधानमन्त्री देउवाले भने ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ