पञ्चेश्वर परियोजना गेम चेन्जर साबित हुनेछ : भारतीय प्रधानमन्त्री मोदी

person explore access_timeचैत १९, २०७८ chat_bubble_outline0

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर परियोजना तेज गतिमा अगाडि बढाउन सहमति भएको बताएका छन् । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले पन्चेश्वर परियोजनालाई तीव्र ढंगले अगाडि बढाउन सहमत भएको बताएका हुन् । 


यो परियोजना यस क्षेत्रको विकासका लागि एउटा गेम चेन्जर साबित हुने मोदीले विश्वास व्यक्त गरे ।  मोदीले विभिन्न  परियोजनाको प्रगतिको समीक्षा र भविष्यको रुपरेखाबारे बिचार विमर्श गरेको बताए । उर्जा क्षेत्रमा दुबै पक्षले लाभ उठाउने विषयमा पूर्णसहमत भएको पनि उनले बताए । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।