आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारिताकै बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो : प्रदेश प्रमुख शर्मा

शनिबार, १९ चैत २०७८, १३ : ५५
शनिबार, १९ चैत २०७८

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले विभिन्न कालखण्डमा शासकहरुबाट पत्रकारिता क्षेत्रलाई दबाउन भएका प्रयासहरु विफल पार्दै निडरतापूर्वक अघि बढेको बताएका छन् । उनले शनिवार हेटौंडामा आयोजित तु खबर डटकमको पाँचौँ वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको बताएका हुन् । 

प्रदेश प्रमुख शर्माले आगामी दिनमा पत्रकारिता क्षेत्रमा प्राप्त भएका उपलब्धीलाई संस्थागत गर्दै पत्रकारहरुले पनि त्यसको रक्षाका निम्ति उत्तीकै जिम्मेवार रहनुपर्नेमा बताए । उनले सञ्चारमाध्ययमहरुले नागरिकहरुको सुसूचित हुने अधिकारको प्रर्वद्धन गरिरहेको बताउँदै आगामी दिनमा थप सशक्त र जनताप्रति जवाफदेहीपूर्ण ढंगबाट सञ्चार क्षेत्र अघि बढ्नुपर्ने सुझाव दिए । 

उनले सत्यको सम्प्रेषण गर्न सकेको अवस्थामामात्रै पत्रकारिता क्षेत्रले सफलता प्राप्त गरेको मानिने बताए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको अतिरिक्त देश र जनतालाई अदम्य साहस भएको स्वाभिमानयुक्त पत्रकारिता आवश्यक भएको बताए । पत्रकारिता क्षेत्रले समाजमा विद्यमान, कुरीति, कुसंस्कृति, अन्धविश्वास र राजनीतिक क्षेत्रमा रहेका ययास्थितिवादीहरुको विपक्षमा उभिएर जनताको हक र हितको पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताए । उनले मिडिया क्षेत्रको उत्तरोत्तर प्रगतिको कामनासमेत गरे । 

उनले मोफसलबाट सञ्चालित सञ्चारमाध्ययमले पत्रकारहरुलाई पुरस्कृत गर्नु अनुकरणीय कार्य भएको बताए । पत्रकारिता क्षेत्रमा कृयाशील रहेको तु खबर डटकमले आफ्नो वार्षिक उत्सवमा पुस्तक प्रकाशन गरेर त्यसमार्फत् विभिन्न दृष्टिकोण, सूचना, विचार, मनोरञ्जन तथा अभिप्रेरणा प्रवाहित गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप