शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको शान्ति, प्रगति र विकास यात्रामा भारतको सँधैं साथ रहनेछ : प्रम मोदी

शनिबार, १९ चैत २०७८, १३ : १७
शनिबार, १९ चैत २०७८

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतसँगै नेपालको शान्ति, प्रगति र विकासको यात्रामा दृढ साथी रहँदै आएको र भविष्यमा सधैँ साथ रहने बताएका छन् । भारतको नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपाल र भारतको मित्रताको उदाहरण विश्वमा कहीँ पनि नभएको जिकिर गरेका हुन् ।

दुई देशबीचको सम्बन्धनको आधार भनेको दुई जनताको आपसी सम्बन्ध रहेको उनको भनाइ थियो । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा आफूबीच विभिन्न विषयमा सार्थक वार्ता भएको जानकारी दिए । उनले दुई देशबीच सहयोगका विभिन्न विषयमा समीक्षा गर्दै भविष्यको सहकार्यको रूप रेखाबारे पनि चर्चा भएको उल्लेख गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप