के लसुन, चुकन्दर र तरबुजाले रक्तचाप सन्तुलनमा राख्छ ?

विश्वभर उच्च रक्तचापको कारण मृत्यु हुने संख्या बढ्दै गएको छ । मृत्युको कारण बन्दै गएपछि रक्तचापलाई नियन्त्रणमा राख्नका लागि विभिन्न उपायहरु अपनाउन थालिएको छ । जीवनशैलीमा परिवर्तन गर्ने, खानपानमा ध्यान दिने र व्यायाम गर्ने जस्ता कुरामा मानिसहरु सतर्क हुन थालेका छन् ।
लसुन, चुकन्दर र तरबुजाले उच्च रक्तचापलाई सन्तुलनमा राख्ने विषयलाई लिएर अध्ययन हुन थालेको छ । लण्डनको किङ्ग्स कलेजका डा एन्डी वेबले यी तीन चीजलाई लिएर अध्ययन थालेका छन् ।
यी तीन चिजको परीक्षण गरिएको छ । जसबाट यी तीन खानेकुराले रक्तचाप सन्तुलनमा रहने पत्ता लागेको छ । यी तीनवटै खानेकुराको सेवनले रक्त नलीको आकार बढ्छ र रगत प्रवाह सहज हुन्छ । जसले गर्दा रक्तचाप पनि सन्तुलनमा रहन्छ ।
नियमित रुपमा लसुन र चुकन्दरको सेवन गर्दा उच्च रक्तचाप कम हुन्छ । चुकन्दरमा नाइट्रेट पाइन्छ । भने, लसुनमा एलिसिन नामक तत्व पाइन्छ । परीक्षणमा पत्ता लागे अनुसार यी दुवै चीजले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसैगरी, तरबुजामा अत्यधिक पानी हुने भएकाले यसले रक्तचापमा खासै प्रभाव पार्ने नदेखिएको परीक्षणमा संलग्न विशेषज्ञले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने