शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन

शनिबार, १९ चैत २०७८, १३ : ०७
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट शनिबार भारतको सहयोगमा भूकम्पपछि पुनर्निर्माण भएका स्वास्थ्यचौकीको उद्घाटन गरेका छन् । भारतको सहयोगमा पुनर्निर्माण भएका १३२ स्वास्थ्यचौकीको प्रगति अवलोकन र उद्घाटन गरिएको हो ।

यसअघि दुई देशका प्रधानमन्त्रीले भर्चुअल माध्यममार्फत सोलु करिडोर प्रसारण लाइन आयोजना उद्घाटन गरेका थियो । भारतको तीन अर्ब २० करोड रुपैयाँ सहुलियत ऋणमा निर्मित ९० किलोमिटर लामो सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजना उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । 

त्यस्तै दुई देशका प्रधानमन्त्रीले नेपाल रेल सेवाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरिएको थियो ।
त्यस्तै नेपाल र भारतबीच रूपी कार्ड सञ्चालन पनि शुभारम्भ गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप