‘शिक्षा’ विषय पढाउने शिक्षकबाटै नाबालिक बलात्कार, ५२ हजारमा गर्भपतन
शिक्षा दिने कतिपय शिक्षकनै विद्यार्थीलाई बलात्कार गरेको घटनामा मुछिरहेका छन् । जुन पदीय मर्यादाविपरीतको आपराधिक घटना हो । यस्तै घटनासँग सम्बन्धित एउटा मुद्दा अर्घाखाँची जिल्ला अदालतमा शुक्रबार दर्ता भएको छ । उक्त बलात्कारसम्बन्धी मुद्दाको प्रतिवादी भने २७ वर्षीय ठाकुरप्रसाद भुसाल हुन् । उनको पेसा शिक्षण हो । कक्षा १० मा उनले पढाउने विषय ‘शिक्षा’ हो । सोही कक्षामा पढ्ने एक विद्यार्थीलाई बलात्कार गरेर गर्भपतन गराएको आरोप उनीमाथि छ ।
सरकारी वकिल कार्यालयले प्रहरी अनुसन्धानको आधारमा तयार गरेको अभियोगपत्रमा ती विद्यार्थीको बयान उल्लेख भएअनुसार भुसालले गत १९ पुसमा ‘नोटकपी’ लिन बोलाए । बोलाएको स्थान विद्यार्थीको घरदेखि पैदल ५–७ मिनेटको दुरीमा पर्छ । समय साँझको करिब ६ बजे । उनी गइन् र भेट भयो शिक्षक भुसालसँग । भुसाले भने, ‘बाटोमा कसैले देखे भने कुरा काट्छन्, हिँड उता जाऔँ ।’ यसपछि दुवै जना एकातिर मोटरबाटो र अर्कोतिर गोरेटो बाटोबीचको जङ्गलमा गए । जहाँ भुसालले नोटकपी दिए ।
ती विद्यार्थीका अनुसार त्यसपछि भुसालले ओठ चुस्नेदेखि स्तन खेलाउनेलगायतका हर्कत गर्न थाले । अन्ततः इच्चाविपरीत दुईचोटी बलात्कार गरे ।
बलात्कारपछि विद्यार्थीलाई भुसालले ‘म छु नडरा’ भनेको अभियोगपत्रमा उल्लेख छ । शिक्षक भुसालले फेरि सोही ठाउँमा बोलाएर त्यसपछि पनि दुईपटक बलात्कार गरेको ती विद्यार्थीले आरोप लगाएकी छिन् । भुसालले बलात्कार गर्दा नै गर्भ बसेको विद्यार्थीले बयानमा भनेकी छिन् ।
प्रतिवादी भुसालले भने बलात्कारको आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, – सल्लाहअनुसार यौनसम्पर्क राखिएको हो । कानुनअनुसार इच्छाविपरीत वा १८ वर्षभन्दा कम उमेरका नाबालिकासँग सहमतिमै यौनसम्पर्क राखे बलात्कार मानिन्छ ।
ती विद्यार्थी नाबालिका हुन् । सोही कारण सल्लाहअनुसार यौन सम्पर्क भएको जिकिर भुसालको भए पनि प्रहरी अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध बलात्कारसम्बन्धी मुद्दा अदालतमा अभियोजन गरेको हो ।
वकिल कार्यालयको अभियोगपत्रमा ती विद्यार्थीको गर्भपतन गत १७ फागुनमा बुटवलमा रहेको छायाँ क्लिनीक प्रालिमा भएको र सो क्रममा ५२ हजार रुपैयाँ खर्च भएको विवरण उल्लेख छ ।
वकिल कार्यालयले भुसालविरुद्ध बलात्कारसम्बन्धी मुद्दामा १४ वर्षसम्म कैद, शिक्षक भएकोले त्यसमा थप चार वर्ष कैद र ४० हजार रूपैयाँ जरिवानासँगै गर्भपतनसम्बन्धी मुद्दामा थप तीन वर्ष कैद र ३० हजार जरिवानाको माग दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए एमालेलाई १ लाख जरिवाना
-
सीडीओ र जिल्ला प्रहरी प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन, ‘निर्वाचन सुरक्षालाई सामान्य रूपमा नलिनु’
-
बीआरआईबारे कांग्रेसकै कित्तामा प्रधानमन्त्री ओली
-
किरिया खर्चको रकममा पनि घुस, नायव सुब्बा अख्तियारको नियन्त्रणमा
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत