मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
![मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल](https://rpcdn.ratopati.com/media/albums/cricket_5uFiQUda8n.jpg)
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान फाइज अहमदले टस जितेर पहिले बलिङ रोजेका छन् । नेपालले केहीबेरमा मलेसियाविरुद्ध ब्याटिङ थाल्नेछ । आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ ।
मलेसिया आजको खेलमा जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । मलेसिया पराजित भएमा फाइनलमा पीएनजीले स्थान बनाउनेछ । त्यसैले पनि आजको खेल मलेसियाका लागि निकै महत्वपूर्ण छ । फाइनल पुग्न मलेसियालाई दबाब पनि हुनेछ । यता नेपाल पनि आजको खेलमा सहज जित निकाल्दै प्रतियोगितामा अपराजित भएर फाइनल पुग्ने योजनामा छ ।
नेपालले यसअघिका तीन खेलमा सहज जित निकालेको छ । दुई खेलमा पपुवा न्युगिनी र एक खेलमा मलेसियालाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको थियो । नेपालले यसअघिको भेटमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
नेपालले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको नेपाल यसअघि नै फाइनल पुगिसकेको छ । मलेसिया ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छ । पीएनजी ४ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ ।
नेपाली टिम
सन्दीप लामिछाने (कप्तान),आरिफ शेख, कुशल भुर्तेल, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, करण केसी, आबिनास बोहोरा, दिलीप नाथ, आदिल अन्सारी, रोहितकुमार पौड्याल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्छौँ : घनश्याम भुसाल
-
ग्रिन हाइड्रोजनले स्वच्छ ऊर्जा रूपान्तरणमा योगदान गर्छ : मन्त्री बस्नेत
-
नेप्से १५.४६ अंकले बढ्यो, साढे ६ अर्बको कारोबार
-
प्रचण्डलाई संसद फेस गर्न दिने मुडमा कांग्रेस–एमाले
-
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव
-
बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल