शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाद्वारा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण

शनिबार, १९ चैत २०७८, ११ : ४६
शनिबार, १९ चैत २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको औपचारिक भ्रमणको दोस्रो दिन राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा फूलामाला अर्पण गहेका छन् । 

शनिबार बिहान १०ः२५ बजे राजघाट पुगेका देउवा लगायत नेपाली प्रतिनिधिमण्डलले श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए । राजघाटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीलाई भेट्न हैदराबाद हाउस पुगेका छन् । 

प्रधानमन्त्री देउवा तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप