शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएल : पहिलो जितको खोजीमा मुम्बई

शनिबार, १९ चैत २०७८, १० : १२
शनिबार, १९ चैत २०७८

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । 

मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बाट सुरु हुनेछ । आजको खलमा मुम्बई पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा मुम्बई दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो । त्यसैले आजको खेलमा मुम्बई सहज जित निकाल्ने योजनामा छ । 

यता राजस्थान लगातार दोस्रो जितको खोजीमा छ । राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ६१ रनले हराएको थियो । आज नै हुने अर्को खेलमा गुजरात टाइटान्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् । पुनेमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ७ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । गुजरातले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई हराएको थियो । यता दिल्लीले पहिलो खेलमा मुम्बईलाई हराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप