आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

शनिबार, १९ चैत २०७८, ०८ : ०५
शनिबार, १९ चैत २०७८

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । 

यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग लिएको थियो । 

दुबै प्रतियोगितामा पराजित भएको एनआरटी सिजनको पहिलो मोफसल उपाधि रक्षा गर्ने योजनामा रहेको छ । एपीएफ क्लबले बाग्मती युवा क्लबलाई ४–१ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । एनआरटीले भने आयोजक नव जन जागृति युवा क्लबलाई ३–२ गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । फाइनलअघि प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुबै टोलीका कप्तानले आफ्नो लक्ष्य उपाधि जित्ने भएको बताएका थिए । 

जीतपुर सिमरा गोल्डकपको १२औं सँस्करणसम्म आइपुग्दा ११ संस्करणमा भाग लिएको एपीएफले हालसम्म उपाधि जित्न सकेको छैन् । दोस्रो संस्करणमा फाइनलमा पुगेको एपीएफ हिमालयन शेर्पासँग पराजित भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप