भारतको विदेशी मुद्रा सञ्चिति २.०३ अर्ब डलरले घट्यो
शनिबार, १९ चैत २०७८, ०७ : १०
भारतको विदेशी मुद्रा सञ्चितिमा लगातार तेस्रो साता गिरावट आएको छ । मुलुकको विदेशी मुद्रा सञ्चिति मार्च २५ तारिख सकिएको सातामा २.३ अर्ब डलरले घटेको छ । रिजर्भ बैंकको तथ्यांकअनुसार विदेशी मुद्रा सञ्चिति अहिले ६१९.६७८ अर्ब डलरबाट घटेर ६१७ अर्ब ६४८ अर्ब डलरमा झरेको छ । यसअघि मार्च १८ तारिख सकिएको साता २.५९ अर्ब डलरले घटेको थियो ।
त्यसैगरी मार्च ११ तारिख सकिएको सातामा यो गिरावट ९.६४६ अर्ब डलर पुगेको थियो । मार्च १५ तारिख समाप्त भएको सातामा विदेशी मुद्रा सञ्चिति घट्नुको कारण कुल मुद्रा सञ्चितिको महत्त्वपूर्ण हिस्सा रहेको विदेशी मुद्रा सम्पत्ति (एफसीए)मा आएको कमीलाई मानिएको छ । एफसीएमा ३.३०२ बिलियन डलरको गिरावट दर्ता भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा