आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा आपत्काल घोषणा

शनिबार, १९ चैत २०७८, ०७ : ०२
शनिबार, १९ चैत २०७८

श्रीलङ्कामा आपत्काल घोषणा गरिएको छ । आर्थिक सङ्कटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपत्काल घोषणा गरेको हो । आपत्कालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।  

राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानुनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् । 

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपत्काल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् । सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कर्फ्यू लगाएको थियो । 

२ करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठुलो मन्दी सामना गरेको छ । मूल्य वृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरू नै स्थगित गरिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप