कविता : गरिबको जीवनचक्र
गिट्टी फोर्दा थिचिएका हातले
रगतको भाषामा बात मारिरहन्थ्यो
तर, बाबा
तिमी थाक्दैनथ्यो कहिल्यै
जब म सातमा पुगेकी थिएँ,
सातले पनि तब साथ छोड्यो,
जब तिम्रो सबै दुःख बगाउने आँसुले,
गिट्टीको टुक्रालाई बगाउनै सकेन,
मलाई, भाग्य कोर्ने कलम किनिदिन
दुःख गर्थे उनी बाबा,
तर, मलाई कलम त के
पेन्सिल किनेर भाग्य कोर्न पनि पैसा पुगेन ।
निधारमा नाम्लोको पाताले भारी बोकी,
थकित शरीरले वर्षौसम्म काम गर्यो
तर, बाबा
तिमी थाक्दैनथ्यो कहिल्यै
म जेनतेन दसमा पुगेकी थिएँ,
दसले पनि तब दशा देखायो
जब तिमीलाई भारीले पेलेर
उठ्नै नसक्ने गरी लड्यो,
मलाई डाक्टर बनाउने
ठूलो सपना देखेथेउ नि बाबा आमा,
तर मलाई डाक्टर त के
दसपछि स्कूल जान नि पैसा पुगेन
रोकियो पढाइको गति
पढाइसँगै देखेको सबै सपना गए सती
जागिर खान दौडिरहें, भौंतारी रहें
नपाएँ कुनै काम, न त खान माम
कसैले भन्छ, औकात पुगेन
कसैले भन्छ ,जागिर लगाइदिए बापत
दिने पैसै पुगेन
हो पुगेन, मलाई पढ्न पैसा पुगेन
पुगेन, मलाई पेटभर खाना पैसा पुगेन
मलाई जागिर लगाइदिने
मान्छेलाई दिने पैसा पुगेन
बुढ्यौलीमा आमाको सारी
र, बाबाको दौरा किनिदिन पैसा पुगेन
अब बाले जस्तै म पनि मजदूरी गर्छु
मेरा छोराछोरी पढाउन पनि पैसा पुग्दैन
उनीहरू पनि मजदूरी गर्छन्
यही त रैछ गरिबको जीवनचक्र
जहाँ जान्छन्, जे गर्छन्
पैसा पुग्दैन ।
पैसा पुग्दैन ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल
-
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
-
१० बजे १० समाचार : दुर्गा प्रसाईंबारे फैसलादेखि बीआरआईको विवादसम्म
-
हिजबुल्लाह प्रमुखको सार्वजनिक अन्त्येष्टिको तयारी हुँदै
-
जननसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौँमा