सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘थिएटरमाथि भारतको झन्डा राख्नुपर्ने शर्तपछि सहयोग अस्वीकार गर्‍यौँ’

शनिबार, १९ चैत २०७८, ०६ : २२
शनिबार, १९ चैत २०७८

२०३३ सालमा ‘तुवाँलोले ढाकेको बस्ती’ नाटक लेखेर रंगमञ्चमा होमिएका हुन् अशेष मल्ल । धनकुटामा प्रदर्शन भएर अधिक चर्चा कमाएपछि नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा पनि प्रदर्शन गरियो । उनले विसं २०३८ सालमै सर्वनाम नाट्य संस्थाको स्थापना गरी संस्थागत रूपमा नाटक प्रदर्शन गरे । उनलाई पञ्चायती व्यवस्थाको कलात्मक विरोधका लागि परिकल्पना गरिएको सडक नाटकका जन्मदाता पनि भनिन्छ । आफ्नो रगतमै भगवान्ले नाटकको रस राखेर पठाइएको उनलाई लाग्छ । २०११ साल चैत २१ गते धनकुटामा जन्मिएका मल्ल र नाटक एक अर्काका पर्याय जस्ता लाग्छन् । उनका सडकदेखि सडकसम्म, अनादिक्रम, ब्ल्याक स्काई, समकालीन नेपाली नाटक आदि प्रकाशित छन् । 

मल्लले स्थापना गरेको सर्वनाम थिएटरले यसै साता ४० वर्ष पूरा गरेको छ । धनकुटादेखि काठमाडौं आएर नाट्य क्षेत्रमा स्थापित हुन गरेको सङ्घर्ष, साहित्यिक जीवनका उतारचढाव लगायतको विषयमा केन्द्रित रही नाटककार अशेष मल्लसँग रातोपाटीले गरेको कुराकानीः 

धनकुटाको मान्छे नाटक क्षेत्रमा चार दशक अघि नै लाग्न केले प्रेरित गर्‍यो, कसरी यो क्षेत्रमा आउनुभयो ? 

भगवान्ले यस धर्तीमा हरेक मान्छेलाई एउटा न एउटा जिम्मेवारी दिएर पठाएको हुन्छ । मलाई नाटकको जिम्मेवारी दिइएको रहेछ । मेरो घरका छ जना छोराछोरीमध्ये म मात्रै नाटक क्षेत्रमा लागेको छु । यो कुरा ममा मात्रै होइन, हरेक गायक, चित्रकार, साहित्यकारका घरमा प्रायः एकजना मात्र त्यो क्षेत्रमा लागेको हुन्छ । अरू अन्य पेसामा हुन्छन् । त्यसैले म यो बन्छु भनेर चाहेर मात्र त्यस विधामा उत्कृष्टता हासिल हुन सक्दैन । मेरो रगतमै नाटकको रस राखेर पठाइएको रहेछ ।

हरेक मानिसमा एउटा एउटा रुचि जन्मिँदो रहेछ । तर त्यसलाई मलजलको आवश्यक पर्छ । धनकुटामा जन्मिएर मेरो बाल्यकाल त्यहीँ बित्यो । त्यतिबेला धनकुटामा सांस्कृतिक माहोल थियो । टुुकी, लालटिनको जमाना थियो । आठ कक्षा पढ्दा मात्रै धरान आएर गाडी देखेको हुँ । त्यो अवस्थामा धनकुटामा हरेक महिना नाच, गान, कविता गोष्ठी, सांस्कृतिक कार्यक्रमहरू भइरहन्थे । त्यस्तो वातावरणमा म हजुरबाको काखमा हुर्किएँ । 

हजुरबाका अनुसार हाम्रो मूल घर भक्तपुर हो । त्यसैले भक्तपुर जाने रहर भित्रैदेखि लागेको थियो । म २०३३ सालमा काठमाडौं आएँ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्न थालेँ । भदौ महिनाको एउटा जात्रामा भक्तपुर जान बल्ल मौका मिल्यो । 

भक्तपुर पुगेर त्यहाँको परिवेश देखेपछि म छक्क परेँ । त्यहाँ हुने जात्रा, पर्वका नाचगान, नाटक आदि  सबै धनकुटाका जस्तै देखेँ ।  सांस्कृतिक कार्यक्रमहरू मात्र होइन, घरका बनोट, मान्छेका अनुहार पनि उस्तै थिए ।  आफ्नो सांस्कृतिकपन देखेर भदौरे जात्रामा म लगातार गएँ । 

नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले काठमाडौं र पाटन जितेपछि भक्तपुरका रणजित मल्ललाई पनि पराजित गरे । त्यसपछि कैयौँ मल्ल परिवार भक्तपुरबाट भागेका रहेछन् । त्यस क्रममा उनीहरूले थर पनि लुकाउँदै गएछन् । मेरो बुबासम्मले प्रधानाङ्ग लेख्नुहुन्छ । भाग्दा कैयौँ दिन जङ्गलको बाटो हिँडें, स्याउलाको झुप्रोमा रात काटे होलान् । तर उनीहरूले आफ्नो संस्कृति जोगाइरहेका रहेछन् । भक्तपुरमा जे जे संस्कृति छन,् त्यसलाई धनकुटामा पनि अपनाउँदै गएछन् । त्यही भएर ती सबै कुरा धनकुटामा देख्न पाएँ । कैयौँ वर्षदेखि जीवित त्यही संस्कृतिले मलाई नाटकतिर जान प्रेरित गर्‍यो ।

यहाँलाई सडक नाटकको जन्मदाता पनि भनिन्छ, यसको अवधारणा कसरी आयो ? 

मैले २०३३ सालमा ‘तुवाँलोले ढाकेको बस्ती’ पहिलो नाटक लेखेँ । धनकुटामा स्कुलको सानो हल थियो, यो नाटक त्यहाँ मञ्चन भयो । पेट्रोमेक्स, मइन्टोल, टुकी बालेर प्रदर्शन गरिन्थ्यो । हामीले नै नाटक हेर्नका लागि पहिलोपटक टिकटको चलन चलायौँ । त्यो नाटक भीडका साथ चार पाँच दिन चल्यो । अनि हामीलाई एकदम चर्चित भइसक्यौँ, यहाँ त कुवाको भ्यागुता भइयो भनेजस्तो लाग्यो । अनि यो नाटक काठमाडौंमा देखाउन पाए हुन्थ्यो भन्ने खसखस भयो । 

नाटक गर्नलाई हल, लाइट, प्रप्स र साउन्ड नै चाहिन्छ त ? यी चिज नभए नाटक हुन सक्दैनन् ? भन्ने लाग्यो । यी बिना पनि नाटक हुन सक्छ भनेर खोजीमा लागेँ । नाटक भनेको भावको प्रकटीकरण हो । शरीरका विभिन्न अङ्गले भावलाई प्रकट गर्छ र बडी मुभमेन्टबाट प्रभावकारी रूपले आफ्ना कुरा भन्न सकिन्छ भन्ने लाग्यो । त्यसैले सामान्य ठाउँमा मञ्चन गर्न सकिने नाटक मैले धेरै लेखेँ । 

तर त्यो बेला काठमाडौं भनेको हामीलाई न्युयोर्क र पेरिस जस्तो भयो । किनभने धरान पुग्न नै २ दिन लाग्थ्यो । रङ्गकर्मीहरूको ४०/५० जनाको हुल सामान बोकाएर धरान आयौँ । धरानमा मञ्चन गर्यौँ, विराटनगर गयौँ, त्यहाँ मञ्चन गर्यौँ । विभिन्न ठाउँमा नाटक मञ्चन गर्दै पैसा अलिअलि बटुल्दै काठमाडौं आयौँ । त्यो नाटक २०३३ सालमा प्रज्ञा प्रतिष्ठानमा मञ्चन गर्यौँ । प्रदर्शन भएको पाँचौँ दिनमा दरबारबाट आएर राजारानीले नाटक हेरे । हामी खुसीले गद्गद् भयौँ । यसरी धेरै चर्चा कमाउँदै गएको नाटक एक महिनासम्म गजबले चल्यो ।  

नाटक प्रदर्शनपछि मेरा सबै साथीहरू धनकुटा फर्किए तर मलाई महत्त्वकाङ्क्षी भइसकेको थिएँ । म बीए पनि उत्तीर्ण गरिसकेकोले एमए पढ्न कीर्तिपुरमा भर्ना भएँ र यतै बसेँ । मेरो उद्देश्य नै ठूलो रङ्गकर्मी तथा कवि बन्ने थियो । तर यहाँ बस्न र नाटक चलाउन त्यति सजिलो थिएन । किनभने पहिले पो ग्रुप थियो, पछि एक्लो भएँ । 

अर्को कुरा काठमाडौंमा बालकृष्ण सम जस्ता अग्रज महान् नाटककार थिए । सम, विजय मल्ल, गोविन्द गोठाले जस्ता नाटककारका अगाडि मलाई टिक्न गाह्रो छ भन्ने लाग्थ्यो । मेरो अगाडि यहाँ ठूलो चुनौती थियो ।

काठमाडौंमा नाटक गर्न त्यति सजिलो थिएन । धनकुटा सानो ठाउँ थियो र सजिलो हुन्थ्यो, यहाँ त हलकै समस्या भयो । साथीहरू पनि थिएनन्, नाटक भनेको टिम वर्क हो, उपकरणहरू पनि चाहियो । स्रोत साधन र जनशक्तिको अभावले मलाई पोलिरहन्थ्यो । साथै त्यतिबेला पञ्चायती व्यवस्थाको चरम तानाशाही अवस्था थियो । धनकुटाका हाम्रा छिमेकी धननारायण श्रेष्ठलाई फाँसी दिइएको थियो । वाक् स्वतन्त्रतालाई पूर्ण बन्देज लगाएको अवस्था थियो । बोल्न पाइँदैन थियो । 

कीर्तिपुरमा क्याम्पसको एउटा सानो हल देखेपछि नाटक गर्न एकदमै मन लाग्थ्यो । क्याम्पस चिफसँग अनुरोध गरेँ । कवि विमल कोइराला र म मिलेर एउटा सानो नाटक बनायौँ । व्यवस्थाको विरोधमा लेखिएको हुँदा नाटकका हरेक संवादमा विद्यार्थीले ताली पिट्थे । तर प्रदर्शन भएको १०, १५ मिनेटपछि अचानक पर्दा बन्द भयो । स्टेजमा नाटक मञ्चन गरिरहेका विमल र मलाई मर्ने गरी कुटे । अँध्यारोमा कसले कुट्यो कुट्यो । क्याम्पस चिफले आएर बचाए । पछि थाहा पायौँ, सिभिल ड्रेसमा आएका पुलिस र मण्डले विद्यार्थीहरू रहेछन् ।

सेन्सरबिना नाटक गर्न नपाइने, हल पनि नपाइने, जहिले पनि पुलिसको घेरमा बस्नुपर्ने, हलभाडा तिर्न नसक्ने अवस्था थियो । सभागृहको हलभाडा ७ सय र एकेडेमीले ३, ४ हजार लिन्थ्यो । त्यो पैसा जुटाउन कठिन थियो । तर यहाँ बस्नुको मेरो एउटै मात्र उद्देश्य रङ्गमञ्च र साहित्यमा स्थापित हुने थियो । 

निरन्तर नाटक प्रदर्शनका लागि एउटा बलियो संस्था नभई सम्भव नहुने रहेछ भन्ने महसुस भएर २०३८ सालमा सर्वनामको स्थापना गर्यौँ । यो स्थापना गर्दा विष्णुविभु घिमिरे, कृष्ण पहाडी, दिनेश अधिकारी, ओममणि शर्मा, रामकृष्ण निराला लगायतका साथीहरू थिए । यही शुक्रबार यो संस्थाले ४० वर्ष पूरा गरेको छ ।

नाटक गर्नलाई हल, लाइट, प्रप्स र साउन्ड नै चाहिन्छ त ? यी चिज नभए नाटक हुन सक्दैनन् ? भन्ने लाग्यो । यी बिना पनि नाटक हुन सक्छ भनेर खोजीमा लागेँ । नाटक भनेको भावको प्रकटीकरण हो । शरीरका विभिन्न अङ्गले भावलाई प्रकट गर्छ र बडी मुभमेन्टबाट प्रभावकारी रूपले आफ्ना कुरा भन्न सकिन्छ भन्ने लाग्यो । त्यसैले सामान्य ठाउँमा मञ्चन गर्न सकिने नाटक मैले धेरै लेखेँ । 

‘हामी वसन्त खोजिरहेछौँ’ भन्ने नाटक खुला ठाउँमा मञ्चन गरेँ । त्रिविको चौरमा पहिलो पटक प्रयोगका रूपमा प्रदर्शन गर्यौँ । विद्यार्थीहरूले कलाकारको सुरक्षा गर्ने भएकाले नै त्यहाँ गरेका थियौँ । त्यसपछि त्रिचन्द्र, अस्कल, पद्मकन्या लगायत हरेक क्याम्पसबाट प्रदर्शनका लागि हामीलाई निमन्त्रणा आयो । विद्यार्थीको सुरक्षा घेराभित्र रहेर नाटक प्रदर्शन गर्यौँ, पुलिससँग विद्यार्थी आफैँ भिड्थे । हामी चाहिँ प्रदर्शन गरेर हिँडिहाल्थ्यो । त्यो देख्दा हामीलाई गौरवको महसुस हुन्थ्यो । पाल्पा, भैरहवा लगायत धेरै ठाउँ घुम्यौँ ।  २०३८/३९ सालतिरै मेरा नाटक २५/२६ जिल्लामा प्रदर्शन भइसकेको थियो । 

सर्वनाम नाट्य समूह चाहिँ कसरी गठन भयो ? 

सर्वनाम गठन हुनुभन्दा अगाडि त्रिवि अध्ययन गर्दा एउटा हल देखेँ । क्याम्पस चिफ तोरण कार्कीलाई  हल प्रयोग गर्न चाहन्छु भनेँ । त्यस हलमा नाटक, विभिन्न कार्यक्रम, कविगोष्ठी आदि गरेँ । भूपि शेरचन, माधव घिमिरे, मोहन कोइराला आदिलाई लगेर कविगोष्ठी गर्थें । ‘मूर्दावादमा उठेका हातहरू’ नाटक लेखेँ, त्यो प्रदर्शन गरेँ । तीन दिन चल्यो चौथो दिन पुलिस आएर बन्द गरिदिइहाल्यो । 

२०३७ सालमा ‘सडकदेखि सडकसम्म’ लेखेँ । त्यो नाटक प्रज्ञा प्रतिष्ठानको नाटक महोत्सवमा मञ्चन भयो । त्यसमा नेपाली साहित्यका लगभग सबै साहित्यकारहरूले अभिनय गरेका छन् । यो साहित्य पत्रकार सङ्घबाट आयोजना गरेको हुनाले यसमा भवानी घिमिरे, नगेन्द्रराज शर्मा, दिनेश अधिकारी, विष्णुविभु घिमिरे, किशोर पहाडी लगायतले अभिनय गरे । 

तर निरन्तर नाटक प्रदर्शनका लागि एउटा बलियो संस्था नभई सम्भव नहुने रहेछ भन्ने महसुस भएर २०३८ सालमा सर्वनामको स्थापना गर्यौँ । यो स्थापना गर्दा विष्णुविभु घिमिरे, कृष्ण पहाडी, दिनेश अधिकारी, ओममणि शर्मा, रामकृष्ण निराला लगायतका साथीहरू थिए । यही शुक्रबार यो संस्थाले ४० वर्ष पूरा गरेको छ । यही संस्थामार्फत् निरन्तर नाटक मञ्चन भएर चर्चित भयो । यो नाट्य समूह परम्परागत नाट्य समूहभन्दा विषयवस्तु र प्रस्तुतीकरणमा भिन्न थियो । मेरा नाटक राजनीतिक विचारधाराबाट प्रेरित थिए । 

तर मेरो नजिकको साथी ओममणि शर्माले जनताका लागि यत्रो गरेका छौँ, बिल्डिङ बनाएपछि माथि भारतीय झण्डा राखेको कसरी हेर्नू ? भने । यो कुराले मेरो मनमा बिझायो । पछि दूतावासबाट फेरि प्रस्ताव खोई भनेर फोन आयो तर गइनँ ।

विदेशमा नाटक मञ्चन गरेको तिता मीठा अनुभव के कस्ता छन् ?

विदेशमा नाटक मञ्चन गरेको अनुभवले नै सर्वनाम नाटक घर बनाउने परिकल्पना आएको हो । एक पटक फिलिपिन्समा भएको नाटक वर्कसपमा भाग लिन गएको थिएँ । त्यहाँ एउटा नाटक घरका कलाकार हाम्रो संस्थाका जस्तै विद्रोही रहेछन् । जनताका लागि काम गर्ने, जनताका गीत गाउँदै हिँड्ने रहेछन् । उनीहरूले एउटा सानो हल बनाएर मञ्चन गरेको देखेँ । त्यो देखेर एउटा यस्तै नाटक घर बनाउन पाए राम्रो हुन्थ्यो जस्तो लाग्यो । 

दोस्रो पटक त्यस्तै कार्यक्रममा हङ्कङ पुगेँ । त्यहाँ एउटा बिल्डिङमा एउटा हलमा नाटक, अर्को सानो कोठामा गीतारवादक कन्सर्ट गरिरहेका थिए । अर्को सानो कोठामा कविता गोष्ठी भइरहेको थियो, अर्को सानो कोठामा चित्रकला प्रदर्शन, गेस्ट रुममा विभिन्न देशका साहित्यकारहरूको सम्मेलन आदि भइरहेका थिए अर्थात् सबै आर्टका फर्महरूको एउटा सानो बिल्डिङ बनाएको देखेँ । 

त्यहाँ ७ देशका नाटककारलाई बोलाइएको रहेछ । एक महिना बसेर हामीले ७ वटा देशका नाटककार मिलेर एउटा नाटक ‘द बिग विन्ड’ (ठूलो हुरी) लेखेका थियौँ । अमेरिकी डाइरेक्टर ड्यम चुङ ली जुआङले निर्देशन गरेको त्यो नाटक काठमाडौं आएर एक महिना रिहर्सल गर्यौँ । २०/२५ देशमा देखाइएको त्यो नाटकले विश्वमै तहल्का मच्चाएको थियो । 

जापान, चीन, भारत, पाकिस्तान, नेपाल आदि देशका मानिस हङकङ पुगेर काम गरिरहेका छन् । मान्छेको बसाइँ सर्ने यही प्रवृत्तिका विषयमा केन्द्रीत भएर त्यो नाटक लेखिएको छ । मान्छे आफ्नो देश छोडेर किन अरू देश हेलिन्छ भन्ने कुरा यसमा देखाइएको छ । यिनै परिवेशले हङ्कङको जस्तै हल नेपालमा पनि बनाउन मलाई प्रेरित गर्‍यो । यस्तो हल नबनाई म मर्दिनँ भनेर मैले त्यहीँ वाचा गरेँ । 

तर हामी पुतलीसडकमा भाडामा बस्थ्यौँ । एउटा सानो कोठामा नाटक मञ्चन गर्थ्यौँ । जग्गा खोज्न थाल्यौँ तर पैसा भने छैन । कतिले लिजमा चलाउ पनि भने तर २०५६, ५७ सालतिर डिल्लीबजारको अहिले भएको नाटक घर भएको ४ आना जग्गा २ लाखमा पाइयो । गहना गुरिया बेचेर जग्गा त किनियो तर घर भएन । 

एक पटक भारतीय दूतावासले कवि–कलाकारहरूलाई आमन्त्रण गरेको थियो । त्यहाँकै एकजना प्रतिनिधिलाई हामी थिएटर बनाउँदैछौँ, सहयोग दिनुस् भनेँ । उसले प्रस्ताव लिएर आऊ, बनाइदिन्छौँ भन्यो । साथीहरूसँग र घरमा पनि सल्लाह गरेँ । 

दुई वर्ष त थियटर पूरै बन्द गर्नुपर्यो । लाइट जस्ता उपकरण नचलाएपछि बिग्रिँदो रहेछ । धेरै कलाकारहरू विस्थापित भए । भाडा तिरेर नाटक सञ्चालन गर्नेहरूलाई त हिसाब गरिसाध्य छैन ।

तर मेरो नजिकको साथी ओममणि शर्माले जनताका लागि यत्रो गरेका छौँ, बिल्डिङ बनाएपछि माथि भारतीय झण्डा राखेको कसरी हेर्नू ? भने । यो कुराले मेरो मनमा बिझायो । पछि दूतावासबाट फेरि प्रस्ताव खोई भनेर फोन आयो तर गइनँ । किनभने त्यो थिएटरको माथि नेपाल र भारतको झण्डा राख्नुपर्ने भएपछि कसैको सहयोग नलिई बनाउने भनेर लाग्यौँ । पछि नाटक गर्दै २/४ पैसा जम्मा गर्दै आठ वर्ष लगाएर त्यो थिएटर तयार गरेका हौँ । सङ्कल्प गरेर इमानसाथ लागिपरेमा त्यो पूरा हुँदो रहेछ । शतप्रतिशत समर्पण भावले लागिपरियो भने त्यो पूरा हुन्छ भन्ने प्रमाण हो यो ।

नाटक खेलेर एउटा रङ्गकर्मी अहिलेको समयमा बाँच्न सक्ने अवस्था छ कि छैन ?

धेरै गाह्रो छ । तर तुलनात्मक रूपमा अहिले टिकट काटेर हेर्न आउन थालेका छन्, अलिक व्यावसायिकता त भएको छ । तर नाटकको उत्पादन मूल्य चाहिँ ज्यादै बढी छ । यो सामूहिक कार्य हो, एक व्यक्तिबाट यो सम्भव छैन । यी कुराले गर्दा आयअनुसार खर्च ज्यादै बढी हुने हुनाले त्यसलाई सन्तुलित बनाउन नै गाह्रो हुन्छ । रङ्गकर्मबाटै जीवन निर्वाह गर्ने अवस्था नभए पनि यसको भविष्यका लागि राम्रा सङ्केतहरू देखा पर्दै गएका छन् । 

तर युरोप र पश्चिमा देशहरूमा रङ्गकर्मीहरूले राम्रो गरी जीवन निर्वाह गरेका छन् । त्यसका दुईवटा कारण छन् । अमेरिकामा ४/५ डलरमा सिनेमा हेर्न पाइन्छ तर नाटक हेर्न ५० डलर तिर्नुपर्छ । यो भनेको नाटकप्रतिको उच्च सम्मान हो । किनभने त्यहाँ नाटकको कल्चरको विकास भइसकेको छ । नेपालबाहेकका अन्य देशतिर राज्यले केही सहयोग दिइरहेको हुन्छ । तर हाम्रोमा पटक्कै छैन । विदेशबाट नाटकका लागि आमन्त्रण हुँदा हामीले खल्तीको पैसा झिकेर जाने गरेका छौँ । कुनै विदेशीलाई निम्तो दियौँ भने ऊ तुरुन्तै आइपुग्छ । किनभने उसले स्पोन्सर तुरुन्त भेट्छ ।

एक पटकमा ४ जनाको परिवार नै जान्छ, पपकर्न र चिसो खाँदा ३, ४ हजार खर्च गर्न सक्ने दर्शक छन् । पैसा नभएर नाटक नचलेको होइन । दर्शक नआउनुका दुईवटा कारण छन्– एउटा दर्शकसम्म हामी पुग्न नसकेका कारणले हुन सक्छ, सञ्चारको कमीले हुन सक्छ ।

कोरोनाले रंगकर्मलाई कत्ति असर गर्‍यो ? 

दुई वर्ष त थियटर पूरै बन्द गर्नुपर्यो । लाइट जस्ता उपकरण नचलाएपछि बिग्रिँदो रहेछ । धेरै कलाकारहरू विस्थापित भए । भाडा तिरेर नाटक सञ्चालन गर्नेहरूलाई त हिसाब गरिसाध्य छैन । काठमाडौंका ४/५ वटा थिएटरमध्ये हाम्रोबाहेक सबैले भाडा तिर्नुपर्छ । त्यसको हिसाब पूर्ति हुनै सक्दैन । सरकार, सञ्चार मन्त्रालय, एकेडेमी कसैले पनि एक पैसा दिएका छैनन् ।    

सर्वनामको स्थायित्वपछि अबको सपना के छ तपाईंको ?

एउटा अरबपतिले कति जनालाई लखपति बनाउँछ, त्यो महत्त्वपूर्ण हो । म जस्ता धेरै रङ्गकर्मीको विकास गर्न सकुँ भन्ने हो । थुप्रै अशेष मल्लहरू जन्माउने सपना हो । मैले आफूमा भएको सीप सिकाउने हो, सीपको हस्तान्तरण गर्ने हो । 

नाटकले सधैँ दर्शकको अभाव झेलिरहेको छ भनिन्छ, के कारणले यस्तो भएको हो ? 

कसै कसैले दर्शकको क्रयशक्ति छैन र आएनन् भन्छन् तर एउटा सिनेमा हलमा ६/७ सय रुपियाँको टिकट काटेर हेर्न सक्ने दर्शक छन् । एक पटकमा ४ जनाको परिवार नै जान्छ, पपकर्न र चिसो खाँदा ३, ४ हजार खर्च गर्न सक्ने दर्शक छन् । पैसा नभएर नाटक नचलेको होइन । दर्शक नआउनुका दुईवटा कारण छन्– एउटा दर्शकसम्म हामी पुग्न नसकेका कारणले हुन सक्छ, सञ्चारको कमीले हुन सक्छ । दर्शकसम्म हाम्रा खबर पुर्याउन सक्यौँ भने दर्शकहरू पक्कै पनि नाटक हेर्न आउँछन् । तर पनि दर्शकको त्यस्तो धेरै कमी भने छैन । 

अन्तमा, नाटकप्रति झुकाव राख्ने आम दर्शकलाई यहाँको के सन्देश छ ?

दर्शक भनेको हाम्रो प्राण हो । दर्शक छौँ र हामी छौँ, रङ्गकर्मीहरू छन् । मजस्ता रङ्गकर्मीले चाहिँ पैसाभन्दा पनि दर्शकको माया, स्नेह खोज्दा रहेछन् । दर्शकको स्नेह र सद्भाव पायो भने एउटा रङ्गकर्मी राम्ररी बाँच्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप