बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।
एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएको सेवासुविधा फुकुवाको माग गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँको निवेदनमाथि कानुनी सल्लाह गरेर निर्णय लिने तयारी गरेका छन् । प्रतिनिधिसभाको नियमावलीको नियम २४४ को उपनियम ३ बमोजिम आफूले सेवासुविधा पाउनुपर्ने माग सांसद बानियाँको छ। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्