रसेलको आक्रमक अर्धशतकमा कोलकाताको दोस्रो जित

आन्द्रे रसेलको आक्रमक अर्ध शतकको सहयोगमा कोलकाता नाइड राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ६ विकेटले हराएको हो । मुम्बईमा पन्जाबले दिएको १३८ रनको लक्ष्य पछ्याएको कोलकाताले १४ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १४१ रन बनायो ।
कोलकाताका लागि आन्द्रे रसेलले ७० रनको अर्धशतकीय पारी खेले । ३१ बल खेलेका उनले २ चौका र ८ छक्का प्रहार गरे ।
त्यस्तै कप्तान श्रेयस यैरले २६ रन बनाउँदा श्याम बिलिङ्सले २४ र अजिङ्गे रहाणेले १२ रनको योगदान गरे ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३७ रन बनायो । पन्जाबका लागि भानु्का राजपाकसले सर्वाधिक ३१ रनको योगदान गरे । त्यस्तै लिम लिभिन्टोनले १९ रन जोड्दा हप्रित बर १४ र शिखर धावनले १६ रनको योगदान गरे ।
कोलकाताका लागि उमेस यादवले ४ विकेट लिए । त्यस्तै टिम साउथीले दुई विकेट लिँदा शिभम माबी, सुनिल नारायण र आन्द्र रसेलले एक–एक विकेट लिए ।
जितसँगै कोलकाताले ३ खेलबाट ४ अंक जोडेको छ । पराजित पन्जाबको २ खेलबाट २ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्र शाहको ह्याट्रिक गर्ने रहर
-
तीनकुनेको साइडइफेक्ट बल्खुमा : सुरक्षाकर्मीको उपस्थिति बाक्लो, तस्बिरहरू
-
ट्यारिफ मामिलामा ट्रम्पलाई घेर्दैछन् अर्बपतिहरू, निर्वाचनमा समर्थन गरेकाहरूले गर्न थाले विरोध
-
कम्युनिस्ट एकताको झण्डा छाड्दैनौँ : प्रचण्ड
-
बार निर्वाचन : एमाले-कांग्रेसनिकट गठबन्धनका मिश्रले बढाए मतान्तर, श्रेष्ठ गृह जिल्लामै कमजोर
-
चिया सम्मेलन गर्ने निर्णयबाट पछि हट्यो कोशी सरकार