ओलीले भने, ‘मलाई उडाउने लाई फ्री टिकटमा रेल चढाएर काठमाडौँ–पोखरा, पोखरा–काठमाडौ पुर्याउँछु’

तनहुँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलार्इ गफमा उडाउनेहरुलाई फ्री टिकटमा रेल चढाएर काठमाडौँदेखि पोखरा र पोखरा काठमाडौँ पुर्याउने बताएका छन् ।
तनहुँको दमौलीमा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए । उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन ।’
काङ्ग्रेस नेता रामचन्द्र पौडेललाई लक्षित गर्दै ओलीले भने, ‘यही ठाउँ बाट २७ वर्षदेखि एउटै व्यक्तिलाई जिताउनु भयो तर तनहुँमा विकास भएन । त्यसैले यसपटक बाम गठबन्धनको उम्मेदवारलाई विजयी गराउनहोला ।’ ओलीले तनहुँका सबै क्षेत्रमा वाम गठबन्धन जित्नु पर्ने बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने बताएका छन् ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट पारे ।
दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गरे ।
उनले भने, “म आफु प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्ध भत्ता एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ अब दुई हजारबाट बढेर वृद्ध भत्ता पाँच–पाँच हजार पुर्याइन्छ ।”
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शान्तिदूत प्रेम रावत नेपाल आउँदै
-
संविधान विरोधी गतिविधि स्वीकार्य छैन– गृहमन्त्री
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण