भीम रावलको प्रश्न : देउवाको भारत भ्रमण पारिवारिक हो र ?

नेकपा एमालेका नेता भीम रावलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भाजपा कार्यालयमा गएर कुटनीतिक मर्यादा नाघेको बताएका छन् । उनले देउवाको भारत भ्रमण प्रधानमन्त्रीको हैसियतमा हो कि काँग्रेस सभापतिको हैसियतमा भएको हो भन्ने प्रश्न गर्दै यस्ता कामले नेपाल हेपिने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे टिप्पणी गर्दै नेता रावलले भनेका छन् : ‘शेरबहादुर देउवाको भारत भ्रमण प्रमको हैसियतले हो कि, नेका सभापतिको ? भाजपा कार्यालयमा कुन उद्देश्य र कूटनीतिक मर्यादा पूरा गर्न गइएको हो ? श्रीमती देउवाले भाजपाका विदेश विभाग प्रमुखसँग पारिवारिक सम्बन्ध भएकाले गएको भन्ने समाचार आयो भ्रमण पारिवारिक हो र ?’
नेता रावलले यस्तै कामले नेपाल हेपिने बताएका छन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा शुक्रबार ३ दिने भारत भ्रमणमा गएका छन् । भ्रमण सुरु भएकै दिनदेखि प्रधानमन्त्री देउवाले भारतीय राजनीतिक दलका नेता र अधिकारीहरूसँगको भेटवार्तालाई तिव्रता दिएका छन् । उनले सो क्रममा भारतीय जनता पार्टीको कार्यालयमा पुगेर सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच शनिबार भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा