आन्दोलन फिर्ता लिएर ढुवानीमा सहयोग गर्न निगमको आग्रह
शुक्रबार, १८ चैत २०७८, २१ : ३१
नेपाल आयल निगमले राष्ट्रिय पेट्रोलियम व्यवसायी संस्थानलाई आफ्नो आन्दोलन फिर्ता गर्न आग्रह गरेको छ । शनिबार विज्ञप्ति जारी गर्दै निगमले आन्दोलनका कार्याक्रम फिर्ता गरेर पेट्रोल ढुवानी गर्न आग्रह गरेको हो ।
निगमका कार्यकारी निर्देशक भारतमा भएकाले तत्काललाई आन्दोलनका कार्याक्रम फिर्ता गरेर निर्देशक भारतबाट आए वार्ताबाट समस्याको समाधन खोजिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।