शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बम विस्फोटपछि भक्तपुरका सर्वसाधरणमा त्रास, सुरक्षा व्यवस्था कडा

शनिबार, ०९ मङ्सिर २०७४, १८ : २९
शनिबार, ०९ मङ्सिर २०७४

भक्तपुर — भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट भएको छ । 
उक्त नगरपालिकाको वडा नम्बर ७ स्थिति बागेश्वरी हेल्थ पोष्ट नजिकैको बाँसको घारीमा बम विस्फोट भएको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । 
मोटरसाइकलमा आएका दुई व्यक्तिले बम फालेर गएलगत्तै ठूलो आवाज गरी पड्केको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
प्रहरीले बम विस्पोट भएको स्थानमा प्रेसरकुकरको टुक्रा फेला पारेको छ । उक्त स्थानमा प्रेसर कुकरबम विस्पोट भएको प्रहरीले प्रारम्भिक अनुमान रहेको छ । 
शनिबार नेपाली काँग्रेसका जीवन खत्रीको घरदैलो बागेश्वरीमा  तथा बाम गठबन्धनका उम्मेदवार नेकपा (एमाले)का हरिशरण लामिछाने र मिलन सुवालको ताथलीमा घरदैलोको कार्यक्रम रहेको गरेका थिए ।
बम विस्पोट भएको स्थानबाट केही मिनेटको दुरी कांग्रेसका उम्मेदवार खत्रीको घर रहेको छ ।
मानवीय क्षति नभए पनि भौतिक क्षतिका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 
ठुलो आवाजका साथ बम बिष्पोट भएपछि, बागेश्वरी, सुडाल, छालिङका सर्बसाधारण त्रसित भएका छन् । 
प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउदैं विभिन्न स्थानमा सुरक्षा चेकजाँच गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुर प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रसाईले जानकारी दिएका छन् । 
यसैबीच मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडेमा पनि बम विस्फोट भएको छ । 
नेपाली काग्रेस भक्तपुर क्षेत्र नं २ प्रदेशसभा ख का उम्मेद्वार गणेशमान चक्रधरको घरदेखि करिव २०० मिटर टाढा खेतमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप