रुसी विदेशमन्त्रीले भारतका प्रधानमन्त्रीलाई भेट्ने
शुक्रबार, १८ चैत २०७८, २१ : १२
रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका छन् । प्रधानमन्त्री मोदीलाई भेट्न उनले चाडै नै भारतको भ्रमण पनि गर्ने तयारी भएको उनले शुक्रबार जानकारी दिए ।
भारतका विदेश मन्त्री एस जयशंकरसँगको कुराकानीका क्रममा रुसी समकक्षी लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।
दुई देशको विवादमा भारतले सन्तुलित भूमिका खेलेकाले विवाद समाधान गराउन पनि प्रभावकारी भूमिका खेल्न सक्ने उनको विश्वास छ ।
लाभ्रोभसँगको भेटपछि भारतको विदेश मन्त्री जयशंकरले यस बारेमा विस्तृतमा छलफल गर्न उनले प्रधानमन्त्रीसँग छलफल गर्न चाहेको जानकारी दिए ।