मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

एमबीबीएस प्रवेश परीक्षा केन्द्रमा शिक्षामन्त्री

शुक्रबार, १८ चैत २०७८, २१ : १०
शुक्रबार, १८ चैत २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्नातक तहको एकीकृत (एमबीबीएस) प्रवेश परीक्षा केन्द्रमा निरीक्षण गरेका छन् । शुक्रबार काठमाडौं उपत्यकामा सञ्चालित दुई परीक्षा केन्द्रमा मन्त्री पौडेलले निरीक्षण गरेका हुन् ।
‘देश विदेशबाट परीक्षा दिन परीक्षार्थी आउनुभएको छ’ चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसहितका प्रतिनिधिलाई मन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा अहिलेसम्म प्रश्न उठेको छैन यसलाई थप मजबुद बनाउँदै लैजानुहोला ।’ 

मन्त्री पौडेलले नेपाल आर्मीको शिक्षण अस्पताल र हेराल्ड अन्तर्राष्ट्रिय कलेजमा निरीक्षण गरेका हुन् । स्नातक तहको एकीकृत प्रवेश परीक्षा आजभोलि र पर्सी गरेर तीन दिनेछन् । स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४ हजार ६६५ परीक्षाहरू सहभागी हुनेछन् । शुक्रबार पहिलो दिन १९ हजार ५०८ जना परीक्षामा सहभागी भएका छन् ।

त्यसका लागि काठमाडौं उपत्यकाका तीनवटा जिल्लामा मात्र परीक्षा केन्द्र तोकिएका छन् । परीक्षाका लागि उपत्यकामा १११ परीक्षा केन्द्र तोकिएको चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप