बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘जनताको कामलाई प्राथामिकता दिऔँ’

शुक्रबार, १८ चैत २०७८, २० : ४८
शुक्रबार, १८ चैत २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जनताको कामलाई प्राथामिकतामा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) आँबुखैरेनी तनहुँले शुक्रबार आयोजना गरेको पालिकास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले अहिले जनताको काम गर्ने समय भएको उल्लेख गर्दै जनताले मूल्याङ्कन गरी निर्वाचनमा उम्मेदवारलाई मत दिन सक्ने बताए । 

हाम्रोभन्दा पनि विकासप्रेमी र राम्रा नेता अहिलेका जनताले चाहेको बताउँदै मन्त्री श्रेष्ठले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तालाई आग्रह गरे ।  कसलाई मत दिएर जिताउने भन्ने महत्वपूर्ण अभिभारा जनता नै रहेको उनले बताए । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । गठबन्धनको तालमेल बाँकी नै रहेकोले कुन पार्टीसँग गठबन्धन हुन्छ त्यसपछि मात्रै चुनावी माहोलले मोड लिने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप