‘स्थानीय तह निर्वाचनमा विभिन्न दलसँग तालमेल हुन सक्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको कार्यक्रमका लागि जनकपुर आइपुगेका अध्यक्ष लिङ्देनले जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्थानीय तहको निर्वाचनमा विभिन्न दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताए ।
यद्यपि अहिलेसम्म औपचारिकरुपमा कुनै राजनीतिक दलसँग तालमेल गर्ने विषयमा कुराकानी नभएको उनको भनाइ थियो । देशभरिका सबै स्थानीय तहमा पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले कुनै दलसँग तालमेल नभए पनि आफ्नो पार्टीले एक्लै उम्मेदवारी दिने तयारी गरेको बताए । आफ्नो पार्टीले जितेको स्थानीय तहलाई नमुनाका रूपमा विकाससँगै जनतालाई प्रत्यक्षरूपमा सेवा सुविधा दिइएको र शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक विकास, र सुशासनको अनुभुति गराएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म